22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जाजरकोटको बारेकोट क्षेत्रमा हिमपात

कृषकहरू खुसी

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     4:53:44 AM  | 986 पटक पढिएको   |  

जाजरकोटः लामो समय पछि बारेकोट क्षेत्रमा हिमपात भएको छ । आईतबार राती हिमपात भएसँगै त्यस क्षेत्रमा जाडो बढ्दा स्थानीयको जनजीवन प्रभावित भएको छ ।


बारेकोटका कराईचुली, चाखुरे देउराली, कुशेमुसे, राँगा चौथारी, ढोटेचौर, जन्ते लेक लगायतका उच्च स्थानमा हिमपात भएको वीरेन्द्र एेश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताएका छन् ।

हिमपातसँगै भएको वर्षातपछि त्यस क्षेत्रका कृषकहरु भने खुसी भएका छन् ।
वर्षात भएपछि अहिले सम्म सुख्खा रहेको जौ, गहुँ बाली सप्रिनेमा आशाबादी रहेको नायकवाडा २ जिरीका कुमार सिंहको भनाई छ । सिंचाईको अभावले बारेकोट क्षेत्रका नायकवाडा, सक्ला, रामीडाँडा रोकायगाउँका कृषकहरु आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।

तस्बिरहरूः गोरख सिंह/सुर्य सिंह

Leave a comment

Your email address will not be published.


*