22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

सीमीको बोरामा यसरी लुकाइयो ५ किलो चरेस

एक युवक पक्राउ

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     4:21:40 AM  | 340 पटक पढिएको   |  

जाजरकोटः जाजरकोट प्रहरीले बाँके नेपालगजका इन्द्रमणि गौतमलाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । रिम्ना बजारदेखि नेपालगन्जतर्फ जाने गाडीमा चेकजाँच गर्दा प्रहरीले नेपालगन्जको पुष्पलाचोकमा होटल व्यवसाय गर्ने गौतमलाई लागूऔषध चरेससहित पक्राउ गरेको हो ।

लागूऔषध चरेस सिमी दालको बोराभित्र राखेर नेपालगन्जतर्फ लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । गौतमलाई लागूऔषध कारोबारअन्तर्गतको मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताए ।

लागूऔषध चरेसको कारोबारीमा संलग्न अन्यको खोजी भइरहेको उनले बताए । जिल्लाको ग्रामीण भेकमा चरेस तथा गाँजा खेती हुने र गाउमै प्रतिकिलो चरेसको २० हजारसम्म कारोबार हुने गरेको छ ।

Leave a comment

Your email address will not be published.


*