20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जुम्ला र कालिकोटमा स्याउबाट १६ करोड भित्रियो

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस १०, २०७३     10:13:40 AM  | 124 पटक पढिएको   |  

कालिकोटः जुम्ला र कालिकोटमा चालू आर्थिक वर्षमा स्याउबाट झन्डै १६ करोड रुपैयाँ आम्दानी भएको छ । सडक यातायातले कर्णालीलाई छोएपछि स्याउ निर्यात सहज भए पनि आम्दानी बढेको हो ।

जुम्लामा ३ हजार १ सय ५० टन स्याउमध्ये २ हजार ५० टन स्याउ जिल्ला बाहिर निर्यात भएको र कालिकोट जिल्लाबाट ५ सय ४३ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयहरूले जनाएका छन् ।

कालिकोटमा स्याउ बिक्रीबाट १ करोड ४० लाख र जिल्ला बाहिर २ सय ३ मेट्रिक टन स्याउ बिक्रीबाट १ करोड ४१ लाख ९६ हजारको स्याउ बिक्रीबाट आम्दानी भएको हो ।

जुम्लामा ८ सय ५० हेक्टर जमिनमा लगाइएको स्याउन उत्पादनबाट १३ करोड आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जुम्लामा १ हजार मेट्रिक टन स्याउ अभै किसानको घरमा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत तथा सूचना अधिकारी बालकराम देवकोटाले बताए ।

‘जिल्लामा उत्पादन भएको सबै स्याउले बाहिर बजारमा निर्यात हुने सकेको छैन’, उनले भने, ‘अझै एक हजार मेट्रिक टन स्याउ किसानको घरमा नै रहेको छ ।’

यस वर्ष स्याउ बगैँचामा नै किलोको ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म ब्यापारीहरुले र कर्णालीमा स्याउको मूल्य किलोको १ सय रुपैयाँ बराबर रहेको जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए ।

‘पहिले ब्यापारीहरुले बगैँचामै ६० रुपैयाँदेखि ७० रुपैयाँमा किन्ने गरेका थिए’, उनले भने, ‘अहिले बजारमा स्याउको मूल्य १ सय रुपैयाँसम्म पुगेको छ ।’

जुम्लामा गत आर्थिक वर्ष २०७२/०७३ मा ४१ सय मेट्रिक टन स्याउ उत्पादन जुम्लाले यस वर्ष खडेरीबाट २५ प्रतिशत उत्पादनमा कमी आएको छ ।

खडेरीका कारण बोटमै स्याउको फुल सुकेकाले उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकृत देवकोटाले बताए ।

‘गत आर्थिक वर्षको भन्दा यसबर्ष स्याउ उत्पादनमा निकै कमी आयो’, उनले भने, ‘खडेरीका कारणले स्याउका दानाहरु बोटमा सुके ।’

कालिकोटमा गत वर्षको तुलनामा स्याउ उत्पादनमा निकै गिरावाट आउँदा त्यसको असर स्याउ किसानलाई परेको छ ।

त्यहीकारण विगत वर्षको भन्दा किसानले स्याउबाट न्यून आम्दानी लिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*