22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

चार महिनामै ३२ करोड ८७ लाख ठगियो

वैदेशिक रोजगार

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस १०, २०७३     10:09:14 AM  | 123 पटक पढिएको   |  

काठमाडौं: वैदेशिक रोजगारीका नाममा ३२ करोड ८७ लाख ३४ हजार आठ सय ४२ रुपैयाँको ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । विभागका अनुसार वैदेशिक रोजगारीको नाममा ठगी भएको भन्दै यो अवधिमा आठ सय ७७ वटा उजुरी परेका छन् ।

विभागमा परेका उजुरीमा संस्थागत (म्यानपावर) तर्फ २६ करोड १५ लाख ८४ हजार ३९ रुपैयाँको विगो दाबी गरिएको छ । मङ्सिर महिनामा मात्रै पाँच करोड १६ लाख ५० हजार दुई सय ८३ रुपैयाँको विगो दाबी गरिएको छ । अवधिमा संस्थागतरूपमा चार सय ६४ र मङ्सिर महिनामा ९८ वटा ठगी सम्बन्धी उजुरी परेका छन् ।

विभागमा संस्थागतका साथै व्यक्तिगत उजुरी पनि वैदेशिक रोजगारीको रूपमा जोडिएर आउने गरेका छन् । संस्थागत रूपमा चार सय ६४ र व्यक्तिगत रूपमा चार सय १३ वटा उजुरी परेका छन् । व्यक्तिगत रूपमा परेका चार सय १३ उजुरीमा ६ करोड ७१ लाख ५० हजार आठ सय ३ रुपैयाँको ठगी भएको भन्दै विगो दाबी गरिएको छ ।

कात्तिकमा परेका ९२ उजुरीमा ६८ लाख ३० हजार ७५ रुपैयाँको विगो दाबी गरिएको छ । यो अवधिमा व्यक्तिगत (दलाल) ले भन्दा (म्यानपावर) बाट संस्थागरुमा हुने ठगी बढिरहेको छ । विभागमा परेका उजुरीमध्ये पीडितहरुलाई चार करोड ७२ लाख ४६ हजार ८० रुपैयाँ पीडकबाट बिगो भराइएको छ । जसमा संस्थागत रूपमा भएका ठगीका उजुरीमा चार करोड ३८ लाख ८० हजार पाँच सय ३० रुपैयाँको विगो भराइएको छ । मङ्सिर महिनामा मात्रै परेको उजुरीमध्ये ४१ लाख ७३ हजार दुई सय ७० रुपैयाँ बराबरको बिगो भराइएको छ ।

संस्थागतरूपमा भएका ठगीमध्ये ३३ लाख ६५ हजार पाँच सय ५० रुपैयाँको विगो भराइएको छ भने मङ्सिरमा मात्र परेका उजुरीमध्ये १८ लाख ४२ हजार चार सय ५० रुपैयाँ बिगो भराइएको छ । विभागमा परेका वैदेशिक रोजारीको नाममा भएको ठगीका आठ सय ७७ उजुरीमध्ये दुई सय ३८ वटा उजुरीको टुंगो लागेको छ ।

म्यानपावरविरुद्ध परेका उजुरीमध्ये एक सय ७७ वटाको फरफराक भएको छ । मङ्सिरमा मात्रै ३६ वटा उजुरीको फरफारक गरिएको छ । व्यक्तिविरुद्ध परेका उजुरीमध्ये एक सय ४१ उजुरीको फरफारक भएको छ भने मङ्सिरमा मात्र १६ वटा उजुरी फरफारक गरिएको विभागले जनाएको छ । उजुरीमध्ये विभागले फरफारक गर्न नसकेकालाई अदालतमा मुद्दा दायर गर्ने गरिएको छ ।

विभागबाट अदातलमा दायर एक सय ६४ वटा मुद्दामा तीन करोड ४८ लाख २३ हजार नौ सय रुपैयाँ विगो दाबी गरिएको छ । अदालतमा दायर मुद्दामा संस्थागत (म्यानपावर) तर्फका भने छैनन् । सबै व्यक्तिविरुद्ध परेका उजुरी हुन् । विभागले व्यक्तिगत रूपमा परेका उजुरीमा पीडितलाई कुनै पनि जरिवाना नभराएपनि संस्थागत रूपमा परेका उजुरीमध्ये १० वटा उजुरीको १९ लाख रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

विभागमा पर्ने उजुरीमा संस्थागत तर्फ म्यानपावर कम्पनीले राहदानी लिएर तोकेको समयभित्र वैदेशिक रोजगारीमा नपठाएको, सरकारले निर्धारण गरेको सेवाशुल्क भन्दा बढी पैसा लिएको, विदेशमा भनेको काम, तलब, सेवा सुविधा नपाएको, कम्पनी फरक परेको जस्ता उजुरी आउने गरेको विभागका अधिकारीको भनाई छ ।

संस्थागत रूपमा हुने ठगीका उजुरी विभागमा परेपछि विभागले पीडित र कामदारलाई ठग्ने म्यानपावर कम्पनीलाई बोलाएर विभागले क्षतीपूर्ति भराउने देखि मिलापत्र गराउनेसम्म काम गर्दै आएको छ । विभाग स्रोतका अनुसार तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सेवा शुल्क १० हजार तोकेपछि उजुरीको सख्या बढेको बताइएको छ । त्यो भन्दा अघि खाडी मुलुककाका लागि ७० हजार, मलेसियाका लागि ८० हजार अधिकतम सेवा शुल्क तोकेको थियो ।

गुरुङको उक्त निर्णयपछि कामदार ठगिने क्रम अझै बढेको बताउन थालिएको छ । विभागमा व्यक्तिगत लेनदेनलाई पनि वैदेशिक रोजगारीको कागज बनाएर उजुरी आउने गरेको थियो । व्यक्तिगत उजुरीमा कन्सल्टेन्सीका उजुरी, व्यक्तिगत लेनदेनका उजुरी समेत आउने गरेका छन् । यस्ता उजुरी विभागले फरफारक गर्न नसकेको अवस्थामा अदालता मुद्दा दायर गर्ने गरेको छ ।

साभारः कारोबार डेली

Leave a comment

Your email address will not be published.


*