22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

हराइरहेको रुसी विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

        एजेन्सी   |   प्रकाशित मितिः आइतवार, पुस १०, २०७३     9:36:02 AM  | 123 पटक पढिएको   |  

उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको रूसी सैन्य विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । टीयू-१५४ विमान सोचीबाट डेढ किलोमिटरको दूरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त विमानको राडरसँग सम्पर्कविच्छेद भएको थियो।

रुसको रक्षा मन्त्रालयले हराइरहेको टियू-१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह, केही पत्रकारलगायत अन्य भएको जनाएको छ।

उक्त विमान सिरियाका लाटाकिया प्रान्तका लागि उडेको थियो।

हराइरहेको विमान खोजीका क्रममा विमानका भग्नावशेषहरु सोचीस्थित रिसोर्ट नजिकैको ब्ल्याक सीमा भेटिएको बिबिसीले जनाएको छ।

सेनाका प्रवक्ताले सिरियामा खटिएका रुसी सेनाको फौजले आयोजना गरेको नयाँ वर्षको कार्यक्रमका लागि सांगितिक समूह विमानबाट सिरियाको लाटाकिया प्रान्त जाँदै थियो।

इन्टरफ्याक्स समाचार संस्थाले मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय समय अनुसार ५ बजेर २० मिनेट जाँदा उडेको विमान २० मिनेटपछि राडरसँगको सम्पर्कबाट बाहिर गएको थियो।

Leave a comment

Your email address will not be published.


*