21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

कार्यकर्ताहरुलाइ निर्वाचनमा जुट्न कांग्रेस नेता सिंहको निर्देशन

        ई-खबर अनलाइन खबर   |   प्रकाशित मितिः आइतवार, पुस १०, २०७३     9:29:53 AM  | 126 पटक पढिएको   |  

काठमाडौँः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस जिल्ला कोषाध्यक्षहरुलाई एक जुट भई निकट भविष्यमै हुने निर्वाचनमा जुट्न निर्देशन दिएका छन् ।

जिल्ला कोषाध्यक्षहरुको सम्मानमा आज नेता सिंहले आफ्नै निवास चाक्सीबारीमा आयोजना गरेकाे चियापानमा निर्वाचनका लागि गाउँस्तरसम्मको सङ्गठन सुदृढीकरणमा लाग्न आग्रह गरेका हुन् ।

उहाँले दलहरुका अगाडि जारी राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयन र राजनीतिक व्यवस्थाको रक्षामा लाग्नाको विकल्प नभएको बताउँदै सबै दल सहमतिका साथ निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरे । यहाँ दुई दिनसम्म चलेको काँग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन एघारबुँदे काठमाडाैं घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको थियो ।

Leave a comment

Your email address will not be published.


*