18 October 2017|   बुधबार, कार्तिक १, २०७४

माछा र कुखुरा पालेर शिक्षकलाई तलब

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस १०, २०७३     6:03:48 AM  | 218 पटक पढिएको   |  

जाजरकोटः शिक्षकलाई तलब दिनका लागि सिमा २ स्थित सरस्वती आधारभूत विद्यालयलयले कुखुरा र माछा पालन गरेको छ ।
विद्यालयमा अध्यापन गर्ने ६ नीजि शिक्षकलाई तलबको व्यवस्था गर्न विद्यालय आफैले कुखुरा र माछापालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रकाश अधिकारी जानकारी दिनुभयो ।
व्यवसायिक रुपमा कुखुरा र माछापालन गरिएपछि यसबाट आम्दानी भएको रकमले नीजि शिक्षकहरुको तलब, भत्ता र विद्यालयमा अन्य भैपरी आउने कार्य गर्न सकिएको अध्यक्ष अधिकारीको भनाई छ ।
विद्यालयले साढे दुई हजार माछा र करिब एकहजार कुखुरा पालन गरको छ । २०२४ सालमा स्थापना भएको विद्यालय मावि तहमा स्तरोन्नती गर्ने तयारीमा छ ।

Leave a comment

Your email address will not be published.


*