20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जुम्लामा खाद्य संस्थानको चामल लिनेको घुइँचो

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     1:23:48 AM  | 66 पटक पढिएको   |  
नेपाल खाद्य संस्थान जुम्लामा चामल लिन जानेको संख्यामा वृद्धि

जुम्ला मंसिर २३
नेपाल खाद्य संस्थान जुम्लामा चामल लिन जानेको संख्यामा वृद्धि भएको छ । पहिलेको मुल्यमा प्रति के.जी. ८ रुपैयाँ घटेपछि चामल किन्न आउनेको संख्यामा वृद्धि भएको नेपाल खाद्य संस्थान जुम्लाले जनाएको छ । संस्थानबाट बङ्गला देशी उसिना चामल लिन आउनेको संख्यामा वृद्धि भएको संस्थानका प्रमुख रणवहादुर एैरले बताउनु भयो ।

उहाँका अनुसार मंसिर १६ गते बाट भुकम्प पिडितका लागि बंङ्गलादेश सरकारले सहयोग स्वरुप उपलब्ध गराको चामलको मूल्य घटेपछि चामल लिन आउनेको संख्यामा वृद्धि भएको हो । मंसिर १६ गतेको केन्द्रीय संस्थानको निर्देशन अनुसार बङ्गला देशी उसिना चामल जुम्लामा पनि विक्री बढेको बताईएको छ । पहिला प्रति के.जी. ३९ रुपैयाँ पर्ने बङ्गला देशी उसिना चामल अहिले प्रति के.जी. ३१ रुपैयाँ पर्ने कार्यालय प्रमुख एैरले बताउनु भयो ।

प्रति बोरा ११ सय ९० पर्ने बङ्गला देशी उसिना चामलको अहिले ९ सय ५० रुपैयामा विक्रि भइरहेकाले चामल लिन आउनेको संख्यामा वृद्धि भएको उहाँले बताउनु भयो । मसिंर १६ गते भन्दा पहिला कार्यालयमा दिनमा ५० जना जतिले चामल लिनेको भन्दै उहाँले अहिले सरदर २ सय जना जतिले चामल लिने गरेको जानकारी दिनुभयो । कार्यालय प्रमुख एैरका अनुसार पहिला सरदर २० क्विनटल चामल विक्री हुने गरेकोमा अहिले बङ्गला देशी उसिना चामल सहित अन्य चामल दिनमा ५ सय क्विन्टल विक्री हुने गरेको बताउनु भयो ।

खाद्य संस्थानमा उपलब्ध तीन प्रकारका चामल विक्रीबाट दैनिक ५ लाख रुपैयाँ उठ्ने गरेको कार्यालय प्रमुख रण बहादुर एैरको भनाई रहेको छ । बङ्गला देशी उसिना, मकवानपुर र सोना मनसुनी चामल पनि उपभोक्ताले लिने गरेका छन् । मकवानपुर चामलको मुल्य १२ सय १७ र सोना मनसुनी चामलको मुल्य १२ सय ४५ रुपैयाँ पर्ने खाद्य संस्थान जुम्लाले जनाएको छ । यता कार्यालयमा सेवा लिन आउने उपभोक्ताहरुले आर्थिक अवस्था न्युन रहेकाहरुलाई राहात महसुश भएको बताएका छन् ।

बंङ्गलादेशी उसिना चामलमा प्रति के.जी ८ सस्तोमा चामल लिन पाएकोमा राहात महसुश भएको बताएका छन् । बङ्गला देशी उसिना चामल प्रति के.जी. ९ सय ५० रुपैयाँमा पाईने भएपछि चामल किन्नको लागी बजारका ब्यापारीको मंहगो मूल्यमा चामल किन्नु पर्ने बाध्यता हटेको उनीहरुको भनाई छ । चामल किन्नकोे लागी खाद्य संस्थानमा पुग्नु भएकी शनिगाउँ ८ की शान्ता बुढाले घरको आयस्तर कमजोर भएकाहरुलाई सहयोग पुगेको बताउनु भयो । उता खाद्य संस्थान जुम्लाले चिसो बढ्दै गएकोले पनि स्थानिय स्तरबाट सेवा लिन आउने सेवाग्राहीको संख्या बढी रहेको बताइएको छ ।

Leave a comment

Your email address will not be published.


*