22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

मलेसियामा मोटरसाइकल दुर्घटना हुदा जाजरकोटका एक युवकको मृत्यु ।

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     5:47:37 PM  | 139 पटक पढिएको   |  

malesiya11

मलेसियाः मलेसियामा मोटरसाइकल दुर्घटनामा परि जाजरकोटका एक युवकको ज्यान गएको छ ।  रोजगारीको शिलशिलामा केही वर्ष पहिले मलेसियाको जोहरबारुमा पुगेका कार्कीगाउँ-३ सिरुगार जाजरकोटका गोपाल चदराको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको हो ।

शनिबार राती १० बजे ड्युटि सकेर डेरामा फर्किने क्रममा चदाराले बाइक तीब्र गतीमा गुडाएका कारण अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ ।

उनको शव जोहरबारु सुल्तान हस्पिटलमा राखिएको छ । तर, उक्त सबलाई कम्पनीले घर फर्काउन कुनै  वास्ता नगरेको सोही हस्पिटलका डाक्टरहरुले बताएका छन् ।

त्यस्तै त्यहाँ स्थित नेपाली कामदारहरुले चदराको शवलाई नेपाल फर्काउन नेपाली राजदुतवास संग सम्पर्क भईरहेको जनाएका छन् ।

Leave a comment

Your email address will not be published.


*