22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

किन सफल हुँदैनन् नेपाली चलचित्र ?

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     5:21:07 PM  | 125 पटक पढिएको   |  

काठमाडाैंः फिल्म सफल हुन विषयबस्तु मात्रै होइन, त्यसको प्रस्तुतीले पनि कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुरा आमिर खानको ‘दंगल’ हेरे स्पष्ट हुन्छ ।
पौने तीन घण्टाको फिल्ममा दर्शकलाई एक सेकेण्ड पनि पट्यार लागेको अनुभूति हुँदैन ।
कुस्तीमा पाएको सफलता नै फिल्मको विषयबस्तु बनेको छ । त्यसैले त नेपालमा राम्रा चारवटा चलचित्र बन्न सक्ने रकम खर्च गरेर  नेपालका लागि ‘दंगल’ खरिद गरिएको छ ।
तर लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगलाई अहिले पनि कतिपय चलचित्रकर्मी ‘उद्योग’ भन्न समेत रुचाउँदैनन् । सन् १६६४ आमाबाट सुरु भएको नपाली चलचित्रको यात्रा आजसम्म आइपुग्दा वार्षिक डेढसय भन्दा माथिको संख्यामा बन्न थालिसकेका छन् ।

वार्षिक झण्डै डेढ अर्ब लगानी भइरहे पनि प्रतिफल भने अपेक्षा गरेजस्तो आउन सकेको छैन । नेपालमा वार्षिक चलचित्रले कति व्यापार गर्छन् भन्ने थाहा पाउन कुनै भरपर्दो सम्यन्त्र छैन । डेढ सय चलचित्र बन्दा मुस्किलले ५ देखि ६ वटाले मात्रै राम्रो व्यापार गर्छन् भने दर्शकको मन १, २ वटाले मात्र जित्न सक्छन् । ८ देखि १० वटाले लगानी उठाउँछन् बाँकी सबै घाटामा जान्छन् ।
तर भारतीय चलचित्र नेपालमा चारवटा फिल्म बन्न सक्ने रकम खर्च गरेर ल्याइँदा पनि दर्शकको मन जित्न सफल भएका छन् र लगानी पनि सजिलै उठाएका छन् ।
नेपाली चलचित्र व्यापारको दुर्दशाका कारण ठूला व्यापारिक घराना चलचित्र उद्योगमा आकर्षित हुन सकेका छैनन् भने भएका निर्माता पनि विस्थापित हुँदैछन् । वार्षिक ८० प्रतिशत निर्माता नयाँ आउने र त्यही अनुपातमा विस्थापित हुने गरेको तथ्यांक छ । यो कहालीलाग्दो अवस्था आँखै अगाडि रहँदा नेपालमा हिन्दी चलचित्रले वर्षको एक अर्ब भन्दा माथिको व्यापार गरिरहेका छन् । यसको प्रमाण नै हो आमिर खानको चलचित्र ‘दंगल’ नेपाल राइट्सका लागि चार करोडमा खरिद् गर्नु । अहिले नेपाली चलचित्रको आधारभूत बजेट (न्यूनतम निर्माण लगानी) ६०–७० लाख रुपैयाँ छ ।

यो बजेट पनि उठाउन नसकेर निर्माता विस्थापित भइरहेका छन् । कोही टिकीरहेकाहरु चलचित्रको मोह र अन्य क्षेत्रमा लगानीको आइडिया नभएर बसिरहेको स्वयम अग्रज निर्माता तथा निर्देकहरु निर्धक्क भनिरहेका छन् ।

लुट रिलिज गर्ने तयारी भइरहँदा नेपाली चलचित्र उद्योगमा संकटकाल घोषणा गर्ने तयारी भइरहेको थियो । युवा पुस्तालाई लक्षित गर्दै युवा निर्देशक तथा निर्माताले निर्माण गरेको लुट चल्यो । नयाँ विषय र प्रस्तुती दिन सके चलचित्रले व्यापार गर्नेरहेछ भन्ने नजिर बस्यो ।  अर्का युवा निर्देशकले बनाएको चपलीहाइटले त्यसलाई प्रमाणीत गर्यो ।
किन नेपालीले नै नेपाली चलचित्र मन पराउँदैनन् ?

केही वर्ष यता सबैलाई थाहा भइसक्यो यसको कारण । कमजोर स्क्रिप्ट, व्यावसायिक साहित्यकारलाई स्क्रिप्ट लेखनमा आकर्षित गर्न नसक्नु, मौलिक विषयलाई वेवास्ता गरिनु, बलिउड फर्मुला चलचित्र बनाइनु र विनामापदण्ड चलचित्र निर्देशन गर्ने वातावरण हुनु नै चलचित्र राम्रो बन्न नसक्नु तथा अपेक्षित व्यापार गर्न नसक्नुको चुरो कारण हो ।

मौलिकतालाई नजरअन्दाज नगरी बलिउड फर्मुलालाई बिर्सिएर कथा प्रस्तुतीको नयाँ शैलीलाई आत्मसात् गर्दै अगाडि बढ्न सके नेपाल चलचित्र उद्योगका लागि सँधै उर्भर भूमी हुनेछ ।

साभारः बाह्रखरी

Leave a comment

Your email address will not be published.


*