22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जाजरकोटका यम साजन सुनारले जिते तेस्रो पल्ट स्वर्ण

सातौं बृहत राष्ट्रिय खेलकुद

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     4:22:16 PM  | 2965 पटक पढिएको   |  

विराटनगरः पाँच वर्षअघिसम्म जाजरकोटका यम साजन सुनारको चिनारी थियो, लङजम्प खेलाडीको। तर, सातौं बृहत राष्ट्रिय खेलकुदमा आएर उनको चिनारी बदलिएको छ। पाँच वर्षअघि सूदुरपश्चिमको धनगढीमा आयोजना भएको छैटौं बृहत राष्ट्रिय खेलकुदमा मध्यपश्चिमका यम साजनले लङजम्पमा स्वर्ण जितेका थिए। त्यसअघि काठमाडौंमै आयोजना भएको पाँचौ बृहत राष्ट्रिय खेलकुदमा पनि उनले यही स्पर्धामा पहिलो पल्ट स्वर्ण जितेका थिए।

तर, यसपालि सातौंमा उनले सय मिटर दौडमा स्वर्ण जिते। दक्षिण कोरियाको इन्चोनमा दुई वर्षअघि एसियाड खेल्न जानु पूर्व काठमाडौंमा भएको छनोटमा उनले १० दशमलव ३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। यसलाई तोड्न असफल भएपनि ट्रयाक र फिल्ड दुवै स्पर्धामा स्वर्ण जितेर उनले आफ्नो बहुआयामिक खुबी उजागर गरेका छन्।

’यस कुरामा म भाग्यमानी छु। खेलेको प्रतियोगितामा पदकबिहिन बन्नु परेको छैन,’ सय मिटर दौड १० दशमलव ७० सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका यम साजन भन्छन्।

यम साजनले छैटौं बृहत राष्ट्रियमा लङजम्पतर्फ स्वर्ण जितेपछि स्प्रिन्टतर्फ मोडिएका थिए। उनी नेपाली खेलकुदका यस्ता खेलाडी हुन्, जसले पहाडमा बस्ने खेलाडी स्प्रिन्टमा राम्रो हुँदैन भन्ने मान्यतालाई पहिलो पल्ट तोडेका थिए।

यम साजनको नाममा दुई सय मिटरको २१ दशमलव ४ सेकेन्डको पनि राष्ट्रिय कीर्तिमान रहेको छ।

1 Comment on जाजरकोटका यम साजन सुनारले जिते तेस्रो पल्ट स्वर्ण

  1. Good effort Yam Ji. Congratulation too

1 Trackbacks & Pingbacks

  1. शनिबार सर्वाधिक पढिएका ४ समाचार, के तपाइले पढ्नु भो ? | Ekhabaronline.com

Leave a comment

Your email address will not be published.


*