24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

नेपाल महिला फुटबल टोली भारत प्रस्थान

साफ महिला च्याम्पियनसिप

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     2:41:11 PM  | 175 पटक पढिएको   |  

दक्षिण एसियाको महिला फुटबल (साफ महिला च्याम्पियनसिप) मा भाग लिने नेपाली टोलीलाई शनिबार अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको छ। भारतको सिलगुढीमा सोमबारदेखि हुने खेलका लागि नेपाली टोलीको विदाई गरेको हो।

अघिल्ला तीनै संस्करणमा उपविजेता बनेर फर्केको नेपाली टोली यसपटक उच्च मनोबलसहित उपाधि जित्ने लक्ष्यका साथ सिलगुढी जान लागेको हो।

विगतका तुलनामा तेपाली टोलीमा यसपटक ठूलो परिवर्तन भएको छ । एकै पटक ७ नयाँ खेलाडीले टोलीमा प्रवेश पाएका छन् । यसपटक टोलीका कमान्डर पनि परिवर्तन भएका छन् । प्रशिक्षकमा नयाँ पुस्ताका कुमार थापाले प्रहीक्षण दिनेछन्।

यसअघि थापाले डेब्यू खेलमै मलेसिया जस्तो दक्षिण एसिया भन्दा बाहिरको टोलीलाई केही दिनअघि हराएर उनले सम्भावना त देखाइसकेका छन् ।

भारत साफ च्याम्पियनसिपमा पुरुष जस्तै महिला फुटबलको पनि सदाबहादर दाबेदार हो । महिला साफमा नेपालले हराउन नसकेको एक्लो टोली भारतलाई हराउन सकेको छैन। यसअघि बाँकी सबै प्रतिद्वन्द्वि नेपालका लागि कठिन होइनन्। यसपटक समूह चरणमा नेपालले माल्दिभ्स, भुटान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपालले सोमबार उद्घाटन खेलमा भुटानको सामना गर्नेछ भने बुधबार माल्दिभ्स र समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकाको सामना गर्नेछ।

विगतको प्रदर्शनलाई आधारमा मान्ने हो भने सेमिफाइनल यसपटक पनि नेपालका लागि सहज छ। अर्को समूहमा रहेका भारत र बंगलादेश नै नेपालका लागि मुख्य चुनौति हुनेछन्।

स्वदेशमा अन्य खेलाडी सातौं राष्ट्रिय खेलकुदमा आन्तरिक प्रतिस्पर्धा गरिरहँदा महिला टोली भारत यात्रामा निस्किएको हो।

साभारः सेतोपाटी

Leave a comment

Your email address will not be published.


*