20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

आइतबार ‘क्रिसमस डे’ को सार्वजनिक बिदा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     2:30:45 PM  | 251 पटक पढिएको   |  

काठमाडाैंः सरकारले आइतबार क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

क्रिश्चियन समुदायको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहाकार रामजी दाहालले  बताए।

‘शनिबार मन्त्रिस्तरीय निर्णयबाट क्रिसमसको अवसरमा भोलि सार्वजनिक बिदा निर्णय भएको हो,’ दाहालले भने।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सरकारी क्यालेन्डर बनाउनेक्रममा क्रिसमसको बिदा क्रिस्चियन धर्मावलम्बीहरुका लागि मात्र दिने निर्णय गरेको थियो।

Leave a comment

Your email address will not be published.


*