18 October 2017|   बुधबार, कार्तिक १, २०७४

विपन्न महिलाका लागि सिलाइ-कटाइ तालिम शुरू

        बद्री पन्त   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     9:01:00 AM  | 132 पटक पढिएको   |  

डाँडाँगाउँ, जाजरकोटः घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय जाजरकोटको आयोजनामा ३ महिने सिलाई कटाई तालिम डाँडागाउँ-१ कल्पतमा शुरु भएको छ ।
विपन्न समुदायका महिलाहरुलाई आयमुलक सीप सिकाई उनीहरुलाई आत्म निर्भर बनाउन कार्यालयको वार्षिक कार्यक्रम अनुसार यो तालिम भएको शाखा कार्यालयका घरेलु विकास अधिकृत शेरबहादुर शाहीले बताउनु भयो । स्थानीय वडा नागरिक मन्चका संयोजक कृष्णबहादुर पुनको संयोजकत्वमा तालिमका सहभागीहरु छनौट गरिएको थियो ।
दुई दर्जन भन्दा बढी सहभागी रहेको उक्त तालिममा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित राजनीतिक दलका नेता तथा प्रतिनिधि, संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published.


*