20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा बोल्न नसक्ने बालिकालाई यसरी गरियो सामुहिक बलात्कार

दुइ आरोपी पक्राउ

        आर कार्की   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     7:29:48 AM  | 812 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटमा बोल्न नसक्ने एक बालिका सामुहिक बलात्कारमा परेकी छन् । झाप्रा १ कि १४ बर्षिय बालिका गाँउमै लाग्ने मेलाबाट फर्कनेक्रममा विहिवार बेलुका बलात्कारमा परेकी हुन् । बलात्कारको अभियोगमा झाप्रा २ का २० बर्षिय विश्व थापा र झाप्रा १ का २२ बर्षिय पदम महरलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
बलात्कारमा परेकी ति बालिका साथीहरुसँगै मेला गएकी थिईन । तर केटाहरुले बोल्न नसक्ने ति किशोरीलाई समातेपछि उनका साथीहरु भागेर ज्यान जोगाएका थिए । मेला गएकी छोरी रुदै घर आएपछि बलात्कारमा परेको थाह भएको र तत्काल प्रहरीलाई खवर गरेको बालिकाका बुवाले बताए । भागेका साथीहरुका हुलियाका आधारमा प्रहरीले थापा र महरलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

नजिकैको जंगलमा लगेर शुरुमा महरले ति बालिकाको हात समातेर थापाले बलात्कार गरिसकेपछि थापाले हात समातेको र महरले बलात्कार गरेको प्रहरीले बताएको छ । बालिकाको मुख थुनेर पालैपालो बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

किशोरीका कपडा च्यातिएका छन् । घटनाको प्रकृती हेर्दा सामुहिक बलात्कार भएको देखिन्छ प्रहरी निरीक्षक बोहराले भने ति किशोरी बोल्न नसक्ने भएकोले घटना वारे थप अनुसन्धान गर्न गाह्रो भएको प्रहरीको भनाई छ । बलत्कृत बालिकाका बाबु पनि कान नसुन्ने भएकोले बोल्न नसक्ने ति बालिकाको संकेत बुझ्न सक्ने उनका साथीहरुलाई सदरमुकाम बोलाएर थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

पक्राउ परेका ति दुई जना विरुद्ध जर्वजस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्धा दायर गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए । फरक क्षमता भएका ( अपाङ्ग ) लाई जर्वजस्ती करणी गरे सामान्य भन्दा दोब्वर सजाय हुने कानुनी ब्यवस्था छ । बालिकाको स्वास्थ्य परीक्षणबाट पनि उनी बलत्कृत भएको चिकित्सकले पुष्टि गरेका छन् ।
यता महिला तथा बालबालिका कार्यालयले ति बालिकालाई कपडा किन्न र सदरमुकाममा खानबस्नको लागी भन्दै ६ हजार रुपैया प्रदान गरेको कार्यालय प्रमुख सकुन्तला आचार्यले जानकारी दिईन । घरको आर्थिक अवस्था एकदमै नाजुक भएकी ति बालिकाको संरक्षण र कानुनी उपचारका लागी आफुहरुले आवश्यक पहल गर्ने कार्यालय प्रमुख आचार्यको भनाई छ ।

यस्ता घटना गाँउघरमै रकम लेनदेनमा मिलाई अपराधीले उन्मुक्ती पाउने अवस्था आउन नदिन कार्यालय सचेत रहेको उनले बताईन । उनले पिडित बालिकाका बुवा पनि पैसाको लोभमा घटनालाई कमजोर बनाउन लाग्न सक्छन भनेर आफुले कार्यालयमै बोलाएर आवश्यक परामर्श गरिरहेको बताईन ।

1 Comment on जाजरकोटमा बोल्न नसक्ने बालिकालाई यसरी गरियो सामुहिक बलात्कार

  1. अमर शाह // December 25, 2016 at 11:09 am // Reply

    यस्ता अपराधीलाइ जन्मकैद हुनु पर्छ र दिनमा १२ घण्टा बाटाे खनाउनु पर्छ त्यसै दाल चामल र सरकारले पाल्नु अाबस्यक छैन कसैले छुटाउन जान्छ भने त्यही थुन्नु पर्छ अनि कम हुन्छन यस्ता घटना हहर

Leave a comment

Your email address will not be published.


*