20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

उपचार गर्न सकिएन, अब आमाको मुख हेरर मर्छु

मिर्गौला पीडितको व्यथा

        ई-खबर डेस्क   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     4:02:45 AM  | 109 पटक पढिएको   |  

काठमाडौंः मिर्गौला फेल भएकी मुगु रिगाकी पार्वती उपाध्याय उपचार खर्च कतैबाट नजुटेपछि औषधि बोकेर माइत पुगेकी छन् । ‘मर्नुअघि आमाको मुख हेरौं भनेर माइत आएकी हूँ’ उनले भनिन् ।

उनले बाल्यकालदेखि नै अनेक हण्डरको सामना गर्नुपर्‍यो । १४ वर्षअघि तत्कालीन विद्रोही माओवादीले लखेटेपछि भाग्दाभाग्दै उनको बुबाले कणर्ाली नदीमा हाम फालेर जीवन गुमाए ।

बुबाको मृत्युपछि टुहुरो बनेकी पार्वतीलाई दुखसँग आमाले हुर्काइन् । ८ कक्षा पढ्दापढदै नजीकैको मान्छेले उनलाई ललाइफकाई बिहे गरेर भारत लगे ।

उनले पतिका कारण पनि निक्कै सास्ती ब्यहोर्नु पर्‍यो । यसैबीच उनको मिर्गौला फेल भएको थाहा भयो । तर उनले उपचार गर्न सकिनन् । अनि आमाको मुख हेरेर मर्छु भन्दै माइत पुगेकी छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a comment

Your email address will not be published.


*