22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

त्रिभुवन माध्यमिक विद्यालयको कम्पाउन्डमा मेला, सभामा रोक

रमाइलो मेला नहुने

        सुरेन्द्र सिंह   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     3:51:59 AM  | 705 पटक पढिएको   |  

खलंगाः त्रिभुवन मावि खलंगाले लामो समय देखि उपलब्ध गराउदै आएको कम्पाउन्ड यस बर्ष देखि मेला, सभा वा दलको कार्यक्रम लगायत अन्य कुनैपनि प्रयोजनका लागि नदिने निर्णय गरेको छ । आज विहान बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

विद्यालय कम्पाउन्ड मेला, दलको कार्यक्रमका लागि दिदा विद्यालयको पठनपाठनमा नकारात्मक असर पर्ने भएको भन्दै नागरिक समाजका अगुवा केशवजंग शाहले विद्यालयहातमा हुने विभिन्न कार्यक्रममा रोक लगाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । शाहको प्रस्ताव पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाकेन्द्र विक्रमशाहको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतीबाट यो प्रस्ताव पास गरेको हो ।
विद्यालयले आफ्नो कम्पाउन्ड भित्र यस्ता कार्यक्रममा रोक लगाएपछि लामो समय देखि सदरमुकाम खलंगामा लाग्दै आएको परम्परागत मेला समेत प्रभावित हुने भएको छ । तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको रुपमा मनाइदै आएको रमाइलो मेला गणतन्त्र आईसकेपछि भने रमाईलो मेलाको रुपमा प्रत्येक वर्षको पौष १३ देखि १५ गते सम्म लाग्दै आएको थियो । जाजरकोटको लोक संस्कृति र आर्थिक महत्वसँग जोडिएको रमाईलो मेला यस वर्ष नहुने भएपछि जिल्लावासी र स्थानीय व्यापारीहरुमा निराशा छाएको छ ।
सदरमुकाम खलंगामा मेला, आमसभा लगायतका ठुला कार्यक्रम गर्न प्रभावकारी कम्पाउन्ड नभएको हुदा त्रिभुवन माविको कम्पाउन्डलाई प्रयोग गरिदै आएको छ । तर, अब सदरमुकाम खलंगामा यस्ता कार्यक्रमका लागि नयाँ कम्पाउन्ड बनाउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने नागरिक समाजका अगुवा केशव जंग शाहको भनाई छ ।

3 Trackbacks & Pingbacks

  1. रमाइलो मेला नलाग्ने भएपछि सामाजिक संजालमा चर्को आलोचना | Ekhabaronline.com
  2. रमाइलो मेला नलाग्ने भएपछि सामाजिक संजालमा चर्को आलोचना – Khabar Karnali
  3. रमाइलो मेलाका लागि यस वर्ष फिल्ड दिने | Ekhabaronline.com

Leave a comment

Your email address will not be published.


*