20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

१ सय १८ यात्रु सवार लिवियाको बिमान अपहरण

        एजेन्सी   |   प्रकाशित मितिः शुक्रबार, पुस ८, २०७३     12:31:39 PM  | 129 पटक पढिएको   |  

काठमाडौं: लिवियाको एक विमान अपरहणमा परेको छ र, माल्टामा अवतरण गराइएको छ । अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए ।

एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । रिपोर्टहरुका अनुसार विमानमा दुई अपहरणकारी छन, जसले बम विस्फोट गराउन धम्की दिएका छन् ।

अफ्रिकिया एयरलाइन्सले पनि विमान अपहरणमा परेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षा फोर्स तयारी अवस्थामा रहेको बताएका छन् । माल्टाको विमानस्थलले ट्वीटरमा यसको पुष्टि गरेको छ कि विमानस्थलमा अनाधिकृत व्यवधान उत्पन्न भएको छ । र, आपतकालीन टोली पठाइएको छ ।

1 Trackbacks & Pingbacks

  1. लिबियाली विमान अपहरणः सबै यात्रु रिहा | Ekhabaronline.com

Leave a comment

Your email address will not be published.


*