24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

दोषी बुहारीको निधार कि सासूका गोडा ?

        यमुना अर्याल   |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     1:09:23 AM  | 137 पटक पढिएको   |  

अनलाइनखबरमा प्रकाशित लेख मैले सासूको खुट्टा किन ढोग्ने ? शीर्षक देख्नासाथ पढ्न मन लाग्यो । हतार–हतार पुरै लेख पढ्न आँखा घुमाएँ, लागेको थियो, एउटी आधुनिक बुहारीले आफ्नी सासूलाई आदर गरेर गोडा ढोगेकी होलिन् र सायद अरुका लागि पनि पाठ बन्न सक्ला भन्ने आसयले लेखिएको होला । सासूको कुरा काट्ने बुहारीले उनकै गोडा ढोगें भन्नु कति पवित्र सोच रहेछ आहा …. यस्तैयस्तै आभाष भयो ।

Yamuna-Aryal-Kafle

                                   यमुना अर्याल

पढ्दै गएँ, लेखिका आफु अविवाहित तर उनकी साथीकी सासूप्रतिको दुखेसो रहेछ लेखको खास विषयवस्तुचाँहि । पढ्दै जाँदा कताकता नरमाइलो पनि लाग्यो ।

जमाना कहाँबाट कहाँ पुगिसक्यो, हामीजस्ता नारीको सोच कति माथि पुगिसक्यो । तर हामी भने …….. त्यही घर परिवार, श्रीमान, सासू ससुरा र नन्द आमाजूकै वरिपरि अल्झिरहेका छौँ । यो भन्दा माथि हाम्रो स्तर कहिले बढ्ला ? यस्ता विषयवस्तुले कहिले छुटकारा पाउलान् ?

लेखिकाजी, तपाईले उठाएको घटना एउटा प्रतिनिधि घटना हो । तर, यस्ता पात्रहरु धेरै छन् समाजमा, जसले तपाईले उल्लेख गरेकी साथीको जस्तो दिक्दारी भागेका होलान्, गुनासो गरेका होलान् ।

सासू मात्रै होइन, जोकोही प्रति पनि आदरभावले, पवित्र मनले सम्झँदा मात्र पनि आनन्दको अनुभुति हुन्छ । तर, अरुलाई देखाउनका लागि गरिने ढोगी चलन संस्कारका नाममा नौटंकी शिवाय केही हुन सक्दैन । भित्री आत्मदेखि जोकोहीप्रति सम्मान र आदर गरिन्छ भने त्यसका लागि गोडा नै ढोग्नुपर्छ, तेल मालिस नै गर्नुपर्छ भन्ने छैन । तर, व्यवहार राम्रो नगर्ने रुखो वचनले जतिसुकै गोडा ढोगे पनि त्यसको अर्थ रहँदैन ।

मेरा सासू ससुरालाई घरका अन्य आफन्तलाई कस्तो व्यवहार गर्नुपर्छ, कसरी रिझाउनुपर्छ, कसरी उहाँहरुको मन जित्नुपर्छ त्योबारेमा मेरा आमा हजुरआमाले गरेको संस्कारबाट सिक्ने हो । कहीँ ट्युसन पढ्न गएर सिकिने कुरा होइन

कतिपय अबुझ होलान्, त्यो नकार्न सकिँदैन । तर, बुझ्नेहरु पक्कै पनि दिनहुँ बुहारीलाई गोडा ढोगाएर बाहिर उसैका कुरा काट्ने खालका हुदैनन् । संस्कारको कुरा हो । त्यो अन्तरआत्मादेखि जागेको हुनुपर्छ कसैको दवावमा परेर गर्ने चिज होइन । हामीले हाम्रा मान्यजनलाई राम्रो बोलीबचन गर्न सक्यौं, राम्रो आदर गर्न सक्यौँ भने अमिलो मुख लगाएर गोडा ढोगेको भन्दा धेरै फल पाइन्छ, यो सत्य हो ।

लेखमा पात्रको दुखेसो पनि जर्बजस्ती लादिएको संस्कारका नाममा कलंक सिवाय केही होइन । आत्मादेखि उसलाई त्यो कामप्रति लगाव छैन भने देखाउनका लागि गोडा ढोगाउने सासू र बाध्य भएर ढोग्ने बुहारी दुवैलाई वास्तविक अर्थ थाहा छैन ।

रातदिन गोडामा ढोग्ने तर दुःख विमार पर्दा वास्ता नगर्ने बुहारीको व्यवहारको के अर्थ ? परेका बेलामा गर्ने आफन्तको खास महत्व हुन्छ, चाहे जोसुकै किन नहोस् ।

तर, आफूले सासूका गोडा ढोग्दा कुरा काट्ने माइतीमा भाउजू  र बुहारीले आफ्नी आमाको गोडा नढोग्दा कुरा काट्ने बुहारीहरु पनि कम छैनन् । हाम्रा आमा, हजुरआमाले कति भोग्नुभयो हामीले त्यसको तुलनामा एक अंश पनि भोगेका छैनौं भन्दा पनि हुन्छ । यस्तो अवस्थामा पनि हामी हाम्रा मान्यजनप्रति चिढिन्छौँ भने सम्झौँ त हाम्रा आमा हजुरआमाहरुलाई ? एकैपटक सबै कुरा निर्मूल हुँदैन, समय आएपछि सबै कुरा आफ्नो ट्रयाकमा आउँछन् ।

जहाँसम्म बुहारी संस्कारी बन्नुपर्ने ज्वाइँ बन्नु नपर्ने भन्ने कुरो आयो, यस्ता कुरा गर्ने हो भने भोलि श्रीमतीले बच्चा पाउनैपर्ने श्रीमानले किन नपाउने ? आमाले मात्र दूध चुसाउनुपर्ने, बाऊले किन नचुसाउने ? यस्ता खालका अनेक कुराहरु निस्कन सक्छन् । कतिपय कुरामा समझदारी अपनाउनुपर्छ

लेखक त आफु अविवाहित भएको बुझियो । तर, पनि केही कुरामा मेरो विमत्ति छ । म स्वयमं तपाईजस्तै आधुनिक जमानाकै महिला हुँ तर विवाहित छु । हाम्रा आमा हजुरआमाले अपनाएका रुढीवादी नै ठान्नुहोस्, तर त्यस्ता कुरामा म आपति जनाउन सक्दिनँ  र कसैको अवरोधविना स्वीकार्छु ।

मेरा सासू ससुरालाई घरका अन्य आफन्तलाई कस्तो व्यवहार गर्नुपर्छ, कसरी रिझाउनुपर्छ, कसरी उहाँहरुको मन जित्नुपर्छ त्योबारेमा मेरा आमा हजुरआमाले गरेको संस्कारबाट सिक्ने हो । कहीँ ट्युसन पढ्न गएर सिकिने कुरा होइन । आफुलाई सम्मान खोजिन्छ भने मान्यजनलाई सम्मान दिन पनि सक्नुपर्छ, दिनुपर्छ पनि ।

जहाँसम्म बुहारी संस्कारी बन्नुपर्ने ज्वाइँ बन्नु नपर्ने भन्ने कुरो आयो, यस्ता कुरा गर्ने हो भने भोलि श्रीमतीले बच्चा पाउनैपर्ने श्रीमानले किन नपाउने ? आमाले मात्र दूध चुसाउनुपर्ने, बाऊले किन नचुसाउने ? यस्ता खालका अनेक कुराहरु निस्कन सक्छन् । कतिपय कुरामा समझदारी अपनाउनुपर्छ । नारीलाई धर्ति, जननी, माता त्यसै %