24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

एउटै हाँगामा झुण्डिएर युवायुवतीद्वारा अात्महत्या

          |   प्रकाशित मितिः बुधबार, पुस ६, २०७३     12:29:00 PM  | 96 पटक पढिएको   |  

बझाङः बझाङमा दुई युवायुवतीले आत्महत्या गरेका छन्।

सुर्मा -४ का २२ वर्षीय पुरन बोहरा र सोही ठाउँकी १७ वर्षीया संगीता बोहरा एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
मंगलबार साँझ घरबाट बेपत्ता भएका उनीहरु सुर्मा गाविस वडा ७ र ८ को बीचमा पर्ने भाटसेरी सामुदायिक वनमा लालीगुराँसको रुखको एउटै हाँगामा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले जानकारी दिए।

पुरन विवाहित हुन् । उनका २ जना बच्चा छन्। मंगलबार साँझ संगीताका बुवा पुरनले अफ्नी छोरी भगाएर लगेको भन्दै प्रहरीमा उजुरी दिन अएका थिए।

उनीहरुले किन आत्महत्या गरे भन्ने कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको बोहोराले  जानकारी दिए।

Leave a comment

Your email address will not be published.


*