20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

चीनसँग जोडिदै पश्चिम नेपाल

निर्माण सुरु भएको १९ वर्षपछि उद्घाटन

        हुम्ला संवाददाता   |   प्रकाशित मितिः बुधबार, पुस ६, २०७३     12:16:23 PM  | 116 पटक पढिएको   |  

हुम्ला: बहुप्रतिक्षित हुम्ला सदरमुकाम सिमकोट जोड्ने हिल्सासमिकोट सडक निर्माण सुरु भएको १९ वर्षपछि हिल्सा पुलको आज उद्घाटन गरिएको छ । चीनको श्वशासित क्षेत्र तिब्बतको बुराङकाउन्ट्रिको ताक्लाकोट जोड्ने यो पुल निर्माण भएपछि हुम्लाको उत्पादनले चिनिया बाजारमा स्थान पाउने अपेक्षा गरिएको छ ।

हुम्लाका प्रमूख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले उल्लेख गरेका शब्दलाई फ्लेक्स प्रीन्टमा टाँसेर पुलमा राखिएको रिवन काटेर प्रधानमन्त्री प्रचण्डले आज पुलको उद्घाटन गर्नुभयो ।

हेलिकप्टरबाट हिल्सा पुग्नुभएका प्रचण्डले कर्णाली लगायत पछाडी परेका क्षेत्रको आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको दावी गर्नुभयो । जिल्ला विकास समितिले २०६८ साल असार २६ गते निर्माण संझौता गरेको पुलको उद्घाटनसँगै चीनको ताक्लाकोट बजारबाट दैनिक उपभोग्यवस्तु र निर्माण सामाग्री आयातनिर्यातमा सजिलो हुनेछ । काठ, जडिबुटी लगायत कृषिजन्य उत्पादन चीन निर्यात हुने गर्छ । अब यस्ता कामका लागि सहज हुने मुचु गाविसका छेपाल दोर्जे लामा बताउनुहुन्छ ।

पुल बनेपछि नेपालतर्फबाट कैलास मानसरोवर जाने नेपाली विदेशी पर्यटकलाई सजिलो हुनेछ । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ व्यापारिक र पर्यटकीय हिसाबले पनि हिल्सा पुल निर्माण महत्वपूर्ण हुने पराराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ ।

चीनको स्वाशासित क्षेत्र तिब्बतको ताक्लाकोट हुँदै हुम्ला सदरमुकाम सडक जोड्ने लक्ष्यका साथ सुरु भएको ९५ किलो मिटरको हिल्सा सिमकोट मोटरबाटो अहिले ३८ किलोमिटर बनेर मुचुसम्म गाडी पुगेको छ । ७ करोड ७ लाख रुपैँयाको लागतमा बनेको हिल्सा पुलको उद्घाटनसँगै चिनको ताक्लाकोट बजारमा निर्भर जिल्लाको उत्तरी क्षेत्रमात्रै नभएर समग्र जिल्लाको भौतिक पूर्वाधान निर्माणका कामले समेत तिब्रता पाउने आशा हुम्लाका नागरिकले गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*