22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

अब अस्थायी शिक्षक नरहने

        ई-खबर डेस्क   |   प्रकाशित मितिः बुधबार, पुस ६, २०७३     4:00:15 AM  | 140 पटक पढिएको   |  

काठमाडौं: शिक्षा मन्त्री धनिराम पौडेलले सामुदायिक विद्यालयको पठन पाठन सुधार गर्न सरकारले हरेक वर्ष विज्ञापन निकालेर शिक्षकको पदपूर्ति गर्ने तयारी गरेको बताउनुभएको छ ।

सामुदायिक विद्यालयमा १७ प्रकारका शिक्षक हुँदा पढन पाठन कमजोर बनेको भन्दै उहाँले सामुदायिक विद्यालयमा अब एकै प्रकारका शिक्षक रहने र ती सबै स्थायी हुने बताउनुभयो ।

लमजुङको भोटेओडारमा रहेको भक्ति नमूना माविको स्वर्ण महोत्सवमा मन्त्री पौडेलले सरकारले शिक्षा नियमावलीमा त्यस्तो व्ययवस्था गर्न लागेको बताउनुभएको हो ।

१७ प्रकारका शिक्षक र तिनले पाउने सेवा सुविधा फरक फरक हुँदा सामुदायिक शिक्षाको क्षेत्रमा विकृति बढेको मन्त्री पौडेलको भनाई छ ।

अब कुनै पनि शिक्षकले एक वर्षभन्दा वढी अस्थायी शिक्षक भएर काम गर्नु नपर्ने गरी सरकारले शिक्षा नियमावलीमा व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published.


*