20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

इन्जुरी समयमा मानेको गोल, लिभरपुलले पछि पार्‍यो म्यानचेस्टर सिटीलाई

        एजेन्सी   |   प्रकाशित मितिः मङ्लबार, पुस ५, २०७३     1:16:00 AM  | 134 पटक पढिएको   |  

इन्जुरी समयमा साडियो मानेले गरेको गोलको मद्दतमा महत्वपूर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

 लिग अन्तर्गत सोमबार राति भएको खेमला लिभरपुलले एभर्टनलाई १–० ले हरायो । खेलको अन्तिम समयसम्म लिभरपुललाई गोलरहित बराबरीमा रोकेको घरेलु टोली एभर्टनका लागि इन्जुरी समय घातक बन्यो । यही सिजन साउथह्यामप्टनबाट लिभरपुल आएका मानेले ८ मिनेटको इन्जुरी सयमको चौथो मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका हुन् । एभर्टनका गोलरक्षक मार्टिन स्टेक्लेनबर्ग चोटका कारण मैदान बाहिर गएका थिए । एर्भटनले छिमेकी क्लब लिभरपुलसँगका पछिल्ला २० खेलमा एक खेलमा मात्रै जित निकालेको छ । लिभरपुलले गोल गर्ने राम्रो मौका बनाएको थियो । तर स्टेक्लेनबर्गको ठाउँमा आएका जोएल रोक्लेसले त्यसलाई सफल हुन दिएका थिएनन् । रोबर्टो फिर्मिनोले गरेको प्रहार उनले बचाएका थिए । तर इन्जुरी समयमा मानेको प्रहार भने रोक्लेसले जोगाउन सकेनन् । मानेले विजयी गोल गरेपछि त्यसको सेलिब्रेसन गरेका लिभपरपुलका खेलाडीलाई लक्षित गरी आगो सल्काइएको पटाका मैदानमा फालिएको थियो । जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको १७ खेलबाट ३७ अंक भएको छ र उ शीर्ष स्थानको चेल्सी भन्दा ६ अंकले पछि छ । ३६ अंक रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । २३ अंकसहित एभर्टन नवौं स्थानमा छ 

Leave a comment

Your email address will not be published.


*