21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानेर हत्या

        ई-खबर डेस्क   |   प्रकाशित मितिः मङ्लबार, पुस ५, २०७३     12:26:50 AM  | 104 पटक पढिएको   |  

बुटवल: नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । 

गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले अनलाइनखबरलाई जानकारी दिइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले भारतीय नम्बरबाट प्रहरी समक्ष फाेन गरेर घटनाकाे जिम्मेवारी लिएको उपाध्यक्ष पन्तले दाबी गरिन् ।

Leave a comment

Your email address will not be published.


*