20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

संविधान संशोधन गर्नु असंवैधानिक कदम: प्रदिप ज्ञवाली

        जनक सिंह   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     4:15:15 AM  | 252 पटक पढिएको   |  

जाजरकोटः नेकपा एमाले स्थायी कमिटिका सदस्य तथा प्रचार विभाग प्रमुख प्रदिप ज्ञवाली  आइतबार खलंगा आउने खबर पाएपछि जाजरकोट एमालेका कार्यकर्ता तथा एमाले निकट पत्रकार, कर्मचारीहरू शान्तिचाैतारा बसपार्कमा फूलमाला लिएर प्रतिक्षारत थिए ।

दिउँसो ४ बजे एमाले नेता ज्ञवाली आइपुग्ने खबर भएपनि निर्धारित समयमा नपुग्दा पत्रकारहरू समाचार सम्प्रेषणमा ढिलाइ हुन्छ कि भन्ने आतुरता देखिन्थ्यो । तर, पार्टीका कार्यकर्ताहरू भने निकै उत्साहित देखिन्थे ।

जब एमाले नेता ज्ञवाली जाजरकोट एमालेका नेताहरू करबिर शाही, रत्नप्रसाद शर्मा न्याैपाने लगायतका नेताहरूको साथमा बसपार्कमा आइपुगे, कार्यकर्ताहरूको अनुहार खुसीले दंग थियो । सबै कार्यकर्ताहरूले फूलमालाले ज्ञवालीलाइ स्वागत गरे ।

खगेनकोटको दल्लीमा सोमबार सम्पन्न हुने पार्टीको प्रशिक्षणमा सहभागी हुन आइपुगेका ज्ञवालीसँग प्रेस चाैतारी जाजरकोटले आइतबार साँझ नै पत्रकार भेटघाटको कार्यक्रम राख्यो ।

पत्रकार भेटघाटका क्रममा ज्ञवालीले संविधानको पूर्ण कार्यान्वयन गर्ने बेलामा संविधान संसोधन गर्नु असंवैधानिक कदम भएको जिकिर गरे । उनले सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारको गैरजिम्मेवार काम गर्न खोजेको आरोप लगाए।

संविधान संसोधनले दलहरुको बीचमा ध्रुविकरण बढेको आरोप लगाउदै प्रदेश सिमांकनको बखेडा झिक्दै देश टुक्रा पार्न खोजेको उनको आरोप छ ।

संविधान आफैमा गतिशिल दस्तावेज भएकाले आवश्यताको आधारमा संसोधन हुदै जाने उनले तर्क गरे । एउटा देशमा दुइ-दुइ वटा राष्ट्रियताको सिर्जना भएको बताउदै विदेशीको इशारामा सरकारले संविधान संशोधन गर्न लागेको उनले बताए ।

Leave a comment

Your email address will not be published.


*