22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

मलेसियामा दिप दर्शनको एकल गजल वाचन सम्पन्न

        ई-खबर डेस्क   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     3:51:11 AM  | 255 पटक पढिएको   |  

पेनाङ, मलेशिया: पेनाङको बुकित जामबुल स्थित पोखरा किचन रेष्टुरेन्टको सभाहलमा डिसेम्वर १७ तारिकको साँझ उदाउदोतारा साहित्य समाज पेनाङ मलेशियाको सस्थापक अध्यक्ष तथा वर्तमान संयोजक दिप दर्शनको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

समाजको आयोजना तथा पोखरा किचेन रेष्टुरेन्टको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा समाजले दर्शनको सम्मान पनि गरेको छ । प्रवासी नेपाली साहित्यको क्षेत्रमा लामो समय देखि गरेको योगदानको कदर स्वरुप समाजले यो सम्मान गरेको जनाएको छ । एकल वाचनमा दर्शनले आफ्ना डेड दर्जन गजलहरू वाचन गरेका थिए ।

समाजले शुरू गरेको नियमित मासिक कार्यक्रमको पहिलो सृंखला अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो । सृजना साँझ नाम दिईएको उक्त कार्याक्रममा प्रत्येक महिना एक जना स्रष्टाको एकल सृजना वाचन गराईने कुरा आयोजकहरुले बताएका छन् । कार्यक्रम संयोजक कपिल मणीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रम समाजका सदस्य बाबुराम लुईटेलले स्वागत मन्तव्य गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*