22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जाजरकोटमा खुला कविता प्रतियोगिता हुने

        श्रम सिंह   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     3:26:08 AM  | 288 पटक पढिएको   |  

जाजरकोटः  लेखनाथ प्रतिमा संरक्षण समितिको आयोजनामा यही पुस २४ गते खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । समितिका अध्यक्ष हरी सन्दर्भको अध्यक्षतामा मंसीर ३ गते बसेको बैठकले जाजरकोटको कला साहित्यको बृद्धि र विकासका लागि यस्तो निर्णय गरेको हो ।
गएको कार्तिक २० गते नेपाल कला साहित्य डटकमसँगको सहकार्यमा समितिले बृहत साहित्यिक गोष्ठी समेत सम्पन्न गरिसकेको छ । उक्त गोष्ठीका लागि आर्थिक रुपमा सहयोग गर्ने विभिन्न निकायहरु जिल्ला विकास समिति जाजरकोट, निर्माण व्यवसायी संघ, जाजरकोट, भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयलाई समितिले धन्यबाद ज्ञापन समेत गरेको छ । गोष्ठीमा खर्च भएको ५२ हजार ५ सय रकम सर्वसम्मतबाट अनुमोदन गरिएको छ ।
यस्तै जिल्ला विकास समितिको प्रांगनमा रहेको लेखनाथ प्रतिमा मर्मत सम्भारका लागि जिल्ला विकासका समिति र भेरीमालिका नगरपालिका आर्थिक सहयोग गर्न आग्रह गर्ने समेत निर्णय गरिएको समितिका अध्यक्ष हरी सन्दर्भले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published.


*