18 October 2017|   बुधबार, कार्तिक १, २०७४

सातौँ राष्ट्रिय खेलकुदको तयारी पूरा

एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुने

        ई-खबर डेस्क   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     2:16:11 AM  | 97 पटक पढिएको   |  

काठमाडौँ: पूर्वाञ्चलका विभिन्न शहरमा आयोजना हुने साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । साताैँ राष्ट्रिय खेलकुदको पछिल्लो अवस्थाबारे आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै राखेपले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको हो ।
साताैँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आगामी पुस आठ गतेदेखि १५ गतेसम्म हुँदैछ । र, सातौँ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित ३५ खेल समावेश छ ।  रग्वी, डान्स स्पोर्टस्, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ ।
सातौँमा २९ सय ७१ खेलाडीले एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुले २ सय ९४ स्वर्ण र समान २ सय ९४ रजत तथा ४ सय ४७ कास्यका लागि एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएएफ क्लबसहित पाँच विकास क्षेत्रले सहभागिता जनाउनेछन् ।
सातौ राष्ट्रिय खेलकुदको सबैभन्दा धेरै खेल सुनसरी जिल्लामा हुनेछ । सुनसरीमा ११ खेल हुनेछ । यस्तै मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर र कास्कीमा समान एक–एक खेल हुनेछ ।

Leave a comment

Your email address will not be published.


*