23 October 2017|   सोमवार, कार्तिक ६, २०७४

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बृद्धि

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     2:00:08 AM  | 124 पटक पढिएको   |  

काठमाडाैंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ। निगमले सोमबारबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाएको हो।

अब एक लिटर पेट्रोलको मूल्य १ सय १ रुपैयाँ ५० पैसा पर्नेछ। डिजेल र मट्टितेलको एक लिटरको ७७ रुपैयाँ ५० पैसा पर्नेछ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन।

Leave a comment

Your email address will not be published.


*