22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जाजरकोट सदरमुकामलाइ स्वच्छ र सफा बनाउन यूवाहरूको पहल

प्रत्येक महिनाको पहिलो शनिबार सरसफाइमा जुट्दै युवा

          |   प्रकाशित मितिः आइतवार, पुस ३, २०७३     4:41:23 AM  | 320 पटक पढिएको   |  

जाजरकोटः हिजो आज खलंगा आसपासमा केही युवाहरूको जमात तल्लाे थाप्ले देखि गैरीखाली सम्म हप्तामा एक पल्ट दाैड धुप गरिरहेको देखिन्छ । उनीहरूको दाैड धुप सदरमुकाम खलंगाको सरसफाइका लागि हो । आफ्नो गाउँ, ठाउँ र सदरमुकामलाइ स्वच्छ र सफा राख्नुपर्छ भन्ने मान्यताका साथमा युवाहरू सरसफाइमा सक्रिय भएका हुन् ।

सदरमुकाममा रहेका केही सरकारी कार्यालय, नीजि घर आँगन सडक र बजार क्षेत्रमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्चारकर्मी एवं पत्रकार नवराज शाहीको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, भेरी ज्ञानोदय  क्याम्पस पशुसेवा कार्यालय, पत्रकार महासंघको कार्यालय, सिटिजन्स बैंक अगाडि र न्युरोड बजार क्षेत्र वरपर सरसफाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा खानेपानी तथा सब डिभिजन कार्यालयका कार्यालय प्रमुख महेशी महतो, राइट फोरम नेपाल, जाजरकोटका अध्यक्ष गणेश बानियाँ लगाएत ३० जना भन्दा बढि युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय वरपरको फोहोर, मैला सफा गरिएको थियो । त्यस्तै जिल्ला वन कार्यालय छेउछाउ, भेरीज्ञानोदय क्याम्पस हाता भित्र रहेको फोहोर पनि सफा गरिको थियो । त्यसैगरी पत्रकार महासंघको कार्यालय अगाडि रोड वरपर, पशुसेवा कार्यालय छेउछाउ, सिटिजन्स बैंक अगाडि बस काउन्टर वरपर, न्युरोडको सडक र बजार वरपर, छेउछाउमा थुप्रिएर रहेको फोहोर जलाएर नष्ट गएिको छ ।

सरसफाई कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागि युवाहरु स्वस्फुर्त रूपमा कसैले हातमा पञ्जा लगाएर फोहोर टिपेर जलाउदै थिए त कसैले कुचो समातेर फोहोर बढारकुडार गर्दै थिए । यो कार्यक्रम नगरका केही वडामा मात्र सिमित नभएर नगरका अन्य क्षेत्रमा पनि सरसफाईमा युवाको सक्रिय भूमिका रहने संयोजक शाहीले बताए । यसरी प्रत्येक महिनाको पहिलो शनिबार सरफाई कार्यक्रमलाई निरन्तरता दिईयो भने नगर सधै सफा, सुन्दर र सभ्य हुने कार्यक्रमका संयोजक शाहीले बताए ।

यो कार्यक्रम अब देखि प्रत्येक महिनाको पहिलो शनिबार गर्ने गरि निरन्तरता दिइने शाहीले जानकारी दिए । कार्यक्रमलाई निरन्तरता दिन नगरका युवाहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।

2 Comments on जाजरकोट सदरमुकामलाइ स्वच्छ र सफा बनाउन यूवाहरूको पहल

  1. sushil bibas // December 18, 2016 at 5:22 am // Reply

    yastai kam hudai jawos

Leave a comment

Your email address will not be published.


*