24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

त्रिकोणात्मक टि–२० क्रिकेट प्रतियोगिताको उपाधी जाजरकोटले चुम्यो

        पवन शर्मा   |   प्रकाशित मितिः शनिबार, पुस २, २०७३     10:21:41 AM  | 177 पटक पढिएको   |  

जाजरकोटः जाजरकोट मा भएको त्रिकोणात्मक टि–२० क्रिकेट प्रतियोगिताको उपाधी जाजरकोटले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा जाजरकोटले सल्यानलाई ८ विकेटले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको सल्यानले निर्धारित २० ओभरको खेल मा १५ ओभर खेल्दै पुरै १० विकेट गुमाएर १ सय १३ बनाएको थियो जसलागि चन्द्र राणाले २९ रन, शम्शुधिन अन्सारीले २१ रन जोड्न सफल भए ।

जाजरकोटका लागि जीवन शाहिले ५ र बिपिन भडेलले ३ विकेट लिन सफल भए । १ सय १४ रनको लक्ष्य पछ्याएको जाजरकोटले १० ओभर ४ वल खेल्दै उपाधी आफ्नो पोल्टामा पार्यो ।

जसका लागि रमेश सिंहले अविजित ६० रन र अविनास अधिकारीले अविजित ३२ रनको योगदान गरे । सल्यानका समीप श्रेष्ठ र चन्द्र विसिले समान १९१ विकेट लिन सफल भए । सो खेलको म्यान अफ द म्याच जाजरकोटका रमेश सिंह घोषित भए । प्रतियोगिताको विजेता जाजरकोटलाई नगद १० हजार र ट्रफी वितरण गरियो ।

प्रतियोगिता अबधी भर बाट प्लेयर अफ द सिरिज जाजरकोटका जीवन शाही , वेस्ट ब्याटर जाजरकोटकै अविनास अधिकारी र वेस्ट वलर जीवन शाहीलाई नगद पुरस्कार दिइएको थियो । सो पुरस्कार नेपाली क्रिकेट समर्थक समाज ले सौजन्य गरेको थियो । प्रहरी नायव उपरीक्षक भावेस रिमालका आथित्यमा भएको समापन समारोहमा प्रहरी निरीक्षक हिक्मत बहादुर बोहरा, नेपाली क्रिकेट समर्थक समाजका संस्थापक केन्द्रिय सदस्य पवन शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जाजरकोट क्रिकेट युवा क्लबका अध्यक्ष अनिश कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a comment

Your email address will not be published.


*