18 October 2017|   बुधबार, कार्तिक १, २०७४

दुइ स्रष्टाका दुइ गजल

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस २, २०७३     10:09:43 AM  | 192 पटक पढिएको   |  

गजल १.

क्षितिज समर्पण 

यस्तो माहोल छ चक्लेटका लागि
बच्चा झुट बोल्छ चक्लेटका लागि

बजार गएका बाबु मृत फर्किए
छोरो खल्ती खोल्छ चक्लेटका लागि ।

`दाँत नरहे के भो, नक्कली हालाैंला´
ऊ जोखिम मोल्छ चक्लेटका लागि

लाग्छ सत्ता `क्याटवरी´, `मिल्किवार´ हो
देश डामाडोल छ चक्लेटका लागि

 

 

 

 

गजल २.

नेकी धनेन्द्र 

सम्भव नभएको कुरा अचानक कहाँबाट ल्याउनु ??
हराइसकेको मेरो अनुहारको चमक कहाँबाट ल्याउनु ??

 
मुस्किलले जोडे’थे गाँस कटाएर हिउँद कटाउनका लागि,
च्यातियो भोटो, च्यातियो सिरक काहाँबाट ल्याउनु ??

 
भैसिलाई स्याउ नखुवाएर के गर्नु त ए ! सरकार,
बजार पुर्याउनका लागि छैन सडक, कहाँबाट ल्याउनु ??

 
मुस्किल-मुस्किलले भेटाएको अमूल्य यो जिन्दगी,
लियो भने यमराजले ‘फेरि एकपटक’ कहाँबाट ल्याउनु ??

 
कोहि छैन दुनियाँमा आफ्नो भन्ने छैन दुइचार पैसा,
फकिरको अघि सरिदिने ‘शुभ-चिन्तक’ कहाँबाट ल्याउनु ??

 

Leave a comment

Your email address will not be published.


*