22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

आलु स्वास्थ्यको लागि लाभदायक

जानौँ आलु खानुको फाइदा

        एजेन्सी   |   प्रकाशित मितिः शनिबार, पुस २, २०७३     8:47:29 AM  | 136 पटक पढिएको   |  

आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाईन्छ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो । कार्बोहाईड्रेटको सबैभन्दा उत्तम स्रोतको रुपमा आलुलाई लिइन्छ । तर आलुको अन्य विषेशताका बारेमा भने थोरैलाई थाहा होला ।

प्रायः मानिसमा भ्रम हुन्छ, आलु खानाले मोटाइन्छ । त्यसैले उनीहरु आलु खानबाट परै रहन चाहन्छन् । वास्तविकता भने यो हो की आलु खानाले हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ ।  हालै गरिएको एक अध्ययन अनुसार, आलुमा केहि महत्वपूर्ण भिटामिनहरु पाइन्छन्, जुन शरीरको सम्पूर्ण विकासका लागि आवश्यक हुन्छ । भिटामिन बी, भिटामिन बी ६ र भिटामिन सी । यसका साथै क्याल्शियम, जिंक, फस्फोरस र म्याग्नेशियम पनि आलुमा पर्याप्त मात्रामा पाइन्छ ।

जानौँ आलु खानुको फाइदाः

१. एक अध्ययनका अनुसार नियमित रूपले आलु खानाले उच्च रक्तचाप नियन्त्रणमा रहन्छ ।

२. आलुमा पाइने सम्पूर्ण लवण कारण हड्डिलाई फाइदा हुन्छ । यसले हड्डीलाई बलियो बनाई राख्नुका साथै सही संरचनाका लागि पनि आवश्यक हुन्छ ।

३. बलियो मांंसपेशिहरुका लागि आलुको सेवन गर्ने गरिन्छ । व्यायाम पछि कार्बोहाइड्रेटले शरीरलाई सबै भन्दा पहिले ऊर्जा दिने काम गर्छ र आलू कार्बोहाइड्रेटको उत्तम स्रोत हो । आलुको सेवनले मांसपेशिहरु बलियो हुन्छ ।

४. आलूमा पर्याप्त मात्रामा डाइट्री फाइबर पाईन्छ जसले कोलेस्ट्रोलको मात्रालाई बढ्न दिदैँन ।

५. स्वस्थ छालाका लागि पनि आलु एक राम्रो उपाय हो । आलुमा पाईने भिटामिन सी ले डार्क सर्कललाई हटाउनमा मद्दत गर्छ र कार्बोहाइड्रेटले मांसपेशिहरुलाई कसिलो बनाउनमा मद्दत गर्छ ।

Leave a comment

Your email address will not be published.


*