20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

हराएका बच्चाबच्ची खोज्ने अनौठो काइदा

        एेजेन्सी   |   प्रकाशित मितिः शनिबार, पुस २, २०७३     6:24:44 AM  | 113 पटक पढिएको   |  

पछिल्ला दिनहरुमा बालबालिका हराएका समाचार तथा सूचनाहरु संचार माध्यममा थुप्रै देखिन्छन् । हराएका बालबालिकाको खोजीका लागि सार्वजनिक स्थानमा हराएको मानिसको फोटो सहितका पोष्टर समेत टाँस्ने गरिन्छ । संचारमाध्यममा सूचना गरेर होस् वा सार्वजनिक ठाउँमा पोष्टर टाँसेर होस्, सबैको एउटा उद्धेश्य हराएको बच्चा फेला पार्नु नै हुन्छ ।

बच्चा हराउने समस्या हामीकहाँ मात्र होइन, छिमेकी चीनमा पनि वर्षमा लाखौँ बच्चा हराउँछन् । त्यसरी हराएका बच्चा खोज्नका लागि चीनको एक कम्पनीले अनौठो तरिका निकालेको छ ।

चीनको शानडंग राज्यस्थित किंगडाओमा रहेको खाद्य कम्पनीले बाओबेइहुइजा वेबसाइटसँग मिलेर एक अभियान सुरु गरेको छ । जस अन्तरगत कम्पनीले पाँच लाख मिनिरल वाटरका बोतल बजारमा पठाएको छ । ती हरेक पानीका बोतलमा हराएका बालबालिकाको फोटो तथा विवरण लेखिएको छ ।

missing-child-2

साथै अभिभावकको नाम र फोन नम्बर पनि दिइएको छ । एउटा बोतलमा अधिकतम ६ जना बच्चाको बायोडाटा छापिएको छ । ती बोतलहरु सुपर मार्केट, रेलवे स्टेशन तथा एयरपोर्ट लगायतका सार्वजनिक स्थानमा बिक्री भैरहेका छन् ।

खुसीको कुरा अहिलेसम्म यो अभियानबाटै १७ सय भन्दा धेरै हराएका बालबालिका फेला परिसकेका छन् । एकजना बच्चा त ६ वर्षदेखि हराइरहेकोमा घर फर्किएका छन् । यो सफलताबाट उत्साहित बनेर अहिलेसम्म बच्चा हराएका ३२ हजार अभिभावकले कम्पनीको वेबसाइटमा आफ्नो हराएको बच्चाको विवरण दर्ता गराएका छन् ।

कम्पनीले अमेरिकाको न्युयोर्कका एक पुरुषले अपनाएको आइडियाको आधारमा यस्तो अभियान चलाएको हो । स्मरण रहोस् सन् १९७९ मा आफ्नो हराएको बच्चा खोज्नका लागि ती अमेरिकीले दूधका प्याकेटमा आफ्नो बच्चाको तस्वीर छपाएर सहरमा बाँडेका थिए ।

Leave a comment

Your email address will not be published.


*