18 October 2017|   बुधबार, कार्तिक १, २०७४

वैज्ञानिकको नयाँ खुलासा : भाइरसले पनि गर्छ लैंगिक विभेद

        एजेन्सी   |   प्रकाशित मितिः शनिबार, पुस २, २०७३     6:20:52 AM  | 91 पटक पढिएको   |  

विश्वभर महिला र पुरुषबीचमा भेदभाव हुने गरेको कुरा सुनिन्छ, भनिन्छ । खासगरी महिलामाथि लैंगिक विभेद हुने र हिंसा हुने गरेको सुनिन्छ । यस्तो लैंगिक विभेदमा मानिस नै अझ पुरुषहरु नै अधिकांशतः सहभागी हुन्छन् ।

तर महिला र पुरुषबीचमा लैंगिक विभेद गर्ने काम मानिसले मात्र गर्दा रहेनछन्, रोगको कारक तत्व रहेको भाइरसले पनि लैंगिक विभेद गर्ने गरेको खुलासा भएको छ । भाइरसले गर्ने लैंगिक विभेदमा पुरुषहरु पीडित हुने गरेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार भाइरसले महिलाहरुप्रति नरब रबैया अपनाउँछ र पुरुष विरुद्ध बढि आक्रामक हुन्छ ।

महिलाको तुलनामा पुरुषको सरीरमा भाइरसको संक्रमण तिव्र हुन्छ । अर्को शव्दमा भन्नुपर्दा भाइरस पुरुषमा बढि हानिकारक हुन्छ । हालै गरिएको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

नेचर कम्युनिकेसन्स नामक म्यागेजिनमा छापिएको रिपोर्ट अनुसार भाइरसले महिलाहरुप्रति नरम रबैया अपनाउँछ र त्यसका फाइदा पनि छन् । केही यस्ता संक्रमण हुन्छन् जो महिलाहरुका लागि कम खतरनाक हुन्छन् । तर यसले मानिसको प्रतिरोधक क्षमतामा पनि असर पार्दछ ।

जानकारहरुका अनुसार अनुसन्धानको नतिजा कुनै पहेली भन्दा कम छैन । महिलाहरुमा भाइरस फैलिने विभिन्न तरिकाहरु हुन्छन् जो पुरुषसँग नहुन सक्छन् । जस्तै गर्भमा हुर्किरहेको बच्चामा, जन्मिने क्रममा तथा स्तनपानको समयमा ।

लण्डनको रोयल होलोवे विश्वविद्यालयका वैज्ञानिकहरुले भाइरसको व्यवहारको अध्ययन गर्नका लागि गणितको पनि सहारा लिएका थिए ।

शोधको नतिजा अनुसार महिलाहरुमा संक्रमणको खतरा कम हुने कारणले भलै आमाको मृत्युको सम्भावना कम हुन्छ तर यसले बच्चा संक्रमित हुने खतरा बढाउँछ ।

Leave a comment

Your email address will not be published.


*