18 October 2017|   बुधबार, कार्तिक १, २०७४

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको अध्यक्षमा समीर

७ सदस्यीय कार्य समिति

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस २, २०७३     2:51:22 AM  | 168 पटक पढिएको   |  

बाँकेः  मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ नेतृत्वको चयन शुक्रबार गरिएको छ । पूर्ण समीरको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष दीपक आचार्य जलन, सचिव अनुपमा करारा विवश, सह सचिव वी.पी अस्तु, कोषाध्यक्ष जे.वी अनुरागी रहेका छन् । भने सदस्य डम्बर थापा आश्रीत र हरिप्रकाश भण्डारी रहेका छन् ।

२०६२ सालमा नेपालगञ्ज बाँकेमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको स्थापना गरिएको थियो । उक्त प्रतिष्ठानको स्थापना कालको ११ वर्ष पछि नयाँ नेतृत्व चयन गरिएको प्रतिष्ठानले जनाएको छ । मध्यपश्चिाञ्चलमा छरिएर रहेका भेरी, कर्णाली र राप्ती अञ्चलका १५ जिल्लामा प्रतिष्ठानले शाखा बिस्तार गरिसकेको छ ।

मध्यश्चिममा गजल साहित्यमा विगत लामो समय देखि कलम चलाउदै आउनु भएका दर्जन बढि गजल स्रष्टालाई सम्मान पनि गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*