20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

बाल अधिकार तथा बाल संरक्षण विषयक अभिमुखिकरण गोष्ठी शुरु

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     11:53:53 AM  | 95 पटक पढिएको   |  

जाजरकोटः जिल्ला स्तरिय सरोकारवालाहरुका लागि बाल अधिकार तथा बाल संरक्षण विषयक २ दिने अभिमुखिकरण गोष्ठि आजबाट खलंगामा शुरुवात भएको छ । सेभ द चिल्ड्रेनको सहयोग र महिला तथा बालबालिका कार्यालय, जिल्ला बाल कल्यान समिति र पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटको संयुक्त आयोजनामा गोष्ठी भएको सन्दिप सुनुवारले जानकारी दिनुभयो ।
गोष्ठिको सहजिकरण बालमैत्री स्रोत व्यक्ती राजेन्द्र विक्रम शाहले गनुभएको थियो । बालबालिकालाई शारीरिक, मानसिक, सम्वेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा गम्भीर एवं नकारात्मक असर पार्ने खालका व्यववहार गर्न नहुने शाहले बताउनुभयो ।
त्यस्तै बालबालिका माथि हुने वा हुन सक्ने शारीरिक यातना तथा मानसिक पीडाजन्य कार्य वा व्यवहारबाट उनीहरुलाई जोगाउनु पर्ने शाहको जोड थियो । पहिलो दिन बालबालिकाको अवस्थाका कारण, बालबालिकाका केही तथ्यहरु, बाल संरक्षण के हो जस्ता विषयमा शाहले प्रष्ट पार्नुभएको थियो ।

गोष्ठिमा जिल्ला स्थित सरोकारवाला, महिला तथा बालबालिका कार्यालय, जिल्ला बाल कल्याण समितिका पदाधिकारी, नागरिक समाज, राजनैतिक दल, गैसस महासंघका पदाधिकारी लगाएत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published.


*