20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

संस्थागत क्षमता विश्लेषण प्रक्रिया कार्यशाला गोष्ठी सम्पन्न

        जनक सिंह   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     11:51:31 AM  | 102 पटक पढिएको   |  

जाजरकोटः नेपाल रेडक्रस सोसाइटी जाजरकोकाटको आयोजनामा संस्थागत क्षमता विश्लेषण प्रक्रिया कार्यशाला गोष्ठी मंसिर ३० र पौष १ मा खलंगामा सम्पन्न भएको छ ।
शाखाको कार्यालय व्यवस्थापन अनुगमन तथा मूल्याकंन, शुसासन, योजना कार्यन्वयन र दिगोपन मानविय श्रोत परिचालन ंसंचार, लगायतका विषयमा १ सय १५ वटा सूचकमा संस्थागत क्षमता विश्लेषण प्रक्रिया सम्पन्न गरिएको हो ।
शाखाले काम कार्बाहिमा प्रभावकारीता ल्याउन र संस्थागत क्षमतामा सुधार गर्न सन २००९ देखी यस्ता विषयमा निरन्तरता दिदै आएको छ ।
कार्याशाला गोष्ठीमा रेडक्रस सिइ यच पीका वास अधिकृत शंकर भटराई लगायत शाखाका पदाधिकारी, कर्मचारी सहित सत्र जनाको सहभागीता रहेको थियो । यस्तै शाखाको पन्चपवर्षिय आवधिक कार्य योजना समीक्षा पनि सम्पन्न गरिएको छ ।

गोष्ठीमा बोल्दै जाजरकोट शाखाका आजीवन सदस्यहरुको संख्या बृद्धि गरी निस्वार्थ सामाजिक सेवामा सहभागीता बृद्धि गर्ने शाखाका सभापति सनत कुमार कार्कीले बताउनुभयो ।

Leave a comment

Your email address will not be published.


*