20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा सल्यानद्धारा रुकुम पराजित 

        पवन शर्मा   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     11:50:08 AM  | 108 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटमा जारी त्रिकोणात्मक क्रिकेट प्रतियोगीता अन्तरगत शुक्रबार सम्पन्न खेलमा सल्यानले रुकुमलाई ८८ रनले पराजीत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सल्यानले निर्धारीत २० ओभरको खेलमा १८ ओभर २ बलमा सबै विकेट गुमाउदै १ सय ९१ रन बनायो जसका लागी राष्ट्रिय खेल खेली सकेका खेलाडी अनुपम सिंहले ३७ बलमा ८२ रन बनाए भने सजन सिंहले १६ बलमा २१ रनको यागदान गरे । विकेट लिने क्रममा रुकुमका बलर गोबीन्द शाहिले ३ र बिवश गिरिले २ विकेट लिए ।
१ सय ९२ रन लक्ष्य लिएर मैदान उत्रिएको रुकुम १२ ओभर २ बलमा सबै विकेट गुमाउन पुग्यो जसका लागी तुफान कठायतले २२ रन र अक्क्ष गौतमले २१ रनको योगदान गरे । विकेट लिने क्रममा सल्यानका बलर समिप श्रेष्ठले २ र चन्द्र वि सीले २ विकेट लिए ।
खेलको म्यान अफ द म्याच सल्यानका अनुपम सिहं घोषीत भए र उनले एक हजार नगद पुरस्कार प्राप्त गरे । सो पुरस्कार नेपाली क्रिकेट समर्थक समाजका संस्थापक केन्द्रिय सदस्य पवन शर्माले प्रदान गरेका थिए ।
रुकुम दुबै खेल हारेर प्रतियोगीताबाट बाहिरीएको छ । फाइनल खेल भोली शनिबार जाजरकोट र सल्यान बिच हुने आयोजकले जनाएको छ ।

 

Leave a comment

Your email address will not be published.


*