20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने

        सुरेन्द्र सिंह   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     11:44:12 AM  | 98 पटक पढिएको   |  

जाजरकोटः निकट समयमै जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय मार्फत संचालनमा आउने परियोजनाको अभिमुखिकरण गोष्ठी मार्फत कार्यालयले जानकारी दिएको हो ।
जाजरकोटलाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने गरी परियोजना संचालन हुन लागेको वरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले बताउनु भयो । यो परियोजना सडक करिडोर अन्तर्गत संचालन हुने भएकाले कृषि सम्बन्धि सरोकारवालाहरुले उपयुक्त सुझाव दिनुपर्ने धारण डा. घिमिरेको थियो ।
पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानलाई पकेट क्षेत्रको रुपमा विकास गरी कृषिजन्य उत्पादनलाई बृद्धि गर्ने प्रयास भैरहेको भएपनि यो पर्याप्त नभएको कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए ।
देश कृषिप्रधान भएपनि कृषिलाई आधुनिकीकरण गर्न चुकेको अवस्थामा अव कृषिको विकास टुक्रे नभई थोकमा गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । जिल्लालाई निर्वाचन क्षेत्र अनुसार दुई वटा ब्लकमा विभाजन गरी यो परियोजना संचालनमा ल्याउनुपर्ने प्रजिअ गौतमको सुझाव छ ।
त्यस्तै विगतमा जाजरकोटवासीले रुपैडिहाको तरकारी खानुपर्ने बाध्यताको अन्त्य भई तरकारी उत्पादनमा जाजरकोट आत्मनिर्भर भएको उल्लेख गर्दै अव अन्य कृषि उत्पादनलाई पनि व्यावसायिक विकास गर्नुपर्ने स्थानीय विकास अधिकारी ईन्द्र गौतमले धारणा राख्नुभयो । जाजरकोटमा कृषि उत्पादनको प्रचुर संभावना भएपनि सो अनुसार उत्पादन हुन नसकेको बताउनुभयो ।
त्यसैगरी कृषि उत्पादनसँग पशुको सम्बन्ध महत्वपूर्ण रुपमा जोडिएकोले परियोजनालाई सफल पार्न पशु पालन व्यवसायलाई पनि परियोजनाले जोड्नुपर्ने जिल्ला पशु सेवा कार्यालयका निमित्त पशु विकास अधिकृत कपिल प्रसाद आचार्यले बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित दुई दर्जन बढी कृषि सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Leave a comment

Your email address will not be published.


*