22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

निजी सम्पत्ति भेटिए राजनीतिबाट सन्यास लिन्छुः प्रचन्ड

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     9:52:27 AM  | 116 पटक पढिएको   |  

पोखराः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग कुनै निजी सम्पत्ति नरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल कास्कीले शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको सम्पत्ति पनि पार्टीकै भएको जिकिर गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा सार्वजनिक गरेको सम्पत्ति पनि पार्टीकै भएको दाबी गरे । सार्वजनिक गरिएको जग्गा र सुन पनि आफ्नो नभई पार्टीकै भएको प्रचण्डको भनाई थियो ।

‘मेरो नाममा भएको केही सम्पत्ति पार्टी र सरकारको हो’, उनले भने, ‘यदि कसैले मेरो सम्पत्ति कतैकहीँ भएको पुष्टि गर्छ भने मैले सन्यास लिन्छु ।’

फरक प्रसङ्गमा प्रचण्डले काङ्ग्रेससँग भएको सहमतिको आधारमा आफ्नो पालामा स्थानीय निर्वाचन गराउने प्रतिवद्धत्ता जनाएकाले कुनै पनि हालतमा निर्वाचत गराएरै छाड्ने दाबी उनले गरेका छन् ।

उनले कम्तिमा पनि एउटा निर्वाचन नहुन्जेल सरकार नछाड्ने बताएर काङ्ग्रेसलाई सजिलै सत्ता हस्तान्तरण नगर्ने बताएका हुन् ।

“लोक्कल इलेक्सन नहुँदासम्म त मेरो जिम्मेवारी पुरा हुँदैन’, उनले भने, ‘यस विषयमा कांग्रेस–एमालेलाई प्रस्ट थाहा छ ।’

कांगे्रससँग भएको समझदारीमा दाँयाबाँया कल्पना पनि गर्न नसकिने उनले बताए । ‘पहिला केपी ओलीलाई प्रधानमन्त्री बनाउन मैले प्रताव गरेको हुँ’, उनले भने, ‘ओलीलाई प्रधानमन्त्री नबनाएको भए संविधान जारी हुने थिएन ।’

Leave a comment

Your email address will not be published.


*