20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

गुल्मीमा प्रहरी र प्रदर्शनकारी बीच झडपः सांसद सहित दर्जनाै घाइते

        ई-खबर डेस्क   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     8:29:35 AM  | 144 पटक पढिएको   |  

गुल्मीः संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनको १७ औँ दिन गुल्मीका सरकारी कार्यालयमा आन्दोलनकारीले ताला बन्दी गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आन्दोलनकारीले तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा सांसद्सहित दर्जनौ आन्दोलनकारी घाइते भएका छन्।

बिहानैदेखी प्रदर्शनकारीले नाराबाजी गर्दै सरकारी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले सरकारी कार्यालयमा तालाबन्दी सुरुगरेपछि प्रहरीले भिड नियन्त्रणका लागि आठ राउण्डबढी अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा सांसद कमला विश्वकर्मासहित दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको गुल्मीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि झडपस्थलबाट भिड तितरवितर भएको छ ।

प्रदेश नम्बर पाँचमा आमहड्तालको घोषणा भएसँगै गुल्मीमा शैक्षिक संस्था, बजार, कलकारखाना, उद्योगधन्दा र यातायात बन्द भएका छन् ।

शैक्षिक संस्थालाई खुल्ला राखेका आन्दोलनकारीले आ जदेखि शैक्षिक संस्थापनि बन्द गराएका हुन् ।

Leave a comment

Your email address will not be published.


*