20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

एमाले संविधान संशोधनको विपक्षमा छैनः महासचिव पोखरेल

          |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     8:18:59 AM  | 74 पटक पढिएको   |  

काठमाडाैंः प्रमुख प्रतिपक्ष नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन्।

महासचिव पोखरेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको औचित्य नरहेकाले त्यसको विपक्षमा दृढतापूर्वक उभिनु परेको पनि स्पष्ट पारे। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अभ्यास, अनुभव र औचित्य कुनै पनि आधारमा सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव मान्न नसकिने तर्क गरे। उनले मधेशी मोर्चाप्रति संकेत गर्दै वदनियत राख्नेहरुलाई साथमा लिएर जान नसकिने पनि दोहो¥याए।

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले हिमाल, पहाड र मधेशलाई मिलाएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए। उनले दलहरुबीच अधिकतम सहमति जुटाएर निर्वाचनमा जानुपर्ने पनि स्पष्ट पारे। नेता बडुले मुलुकलाई निकास दिन दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले संविधानको प्रभावकारी कार्यान्वयनमा सबै दलहरु लाग्नुपर्ने आवश्यक्ता औल्याए। संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा पनि राखे।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्र, जनता र संवैधानिक प्रावधान विपरित रहेको भन्दै एमालेसहित विपक्ष दलहरुले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएका छन्।

Leave a comment

Your email address will not be published.


*