20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

४५ हजार घूस लिने दुई प्रहरी निलम्बित

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     5:52:57 PM  | 67 पटक पढिएको   |  

सिन्धुपाल्चोक । मुद्दा मिलाईदिन्छौं भन्दै ४५ हजार घूस लिने दुई प्रहरीलाई निलम्बन गरिएको छ । ईलाका प्रहरी कार्यालय जलविरेमा कार्यरत प्रहरी हवल्दार श्रीमान थापा र प्रहरी जवान सुन्दर श्रेष्ठलाई प्रहरी नियमावली अनुशार ६ महिनाको लागी निलम्बन गरिएको हो ।
मंगलबार राति सेलाङ गाविस १ स्थित काफ्लेमा तामाङ समुदायको परम्पराअनुसार छेवार भैरहेको बेला स्थानियले पटका पट्काएका थिए । विस्फोटको आवाज आएपछि ईलाका प्रहरी कार्यालय जलिबिरेबाट प्रहरी हवल्दार थापा र प्रहरी जवान श्रेष्ठ काफ्लेडाँडा पुगकोे र स्थानियलाई कसले बन्दुक पट्काएको, किन पट्काएको भनी केरकार गर्न थालको एक स्थानीयले बताए । केरकार गरेपछी मिङ्मार तामाङ, धन बहादुर तामाङ र काइँला तामाङलगायत स्थानियलाई प्रहरीले चौकी जानुपर्छ भनि सेलाङबाट नियन्त्रमा लिई हिडेका थिए । जेल पर्ने डर देखाउँदै मुद्दा मिलाईदिन्छौं भन्दै उनीहरुबाट प्रहरीहरुले ४५ हजार घूस लिएका हुन् । सुरुमा २ लाख बाट पैसाको बार्गेनिङ सुरु भएर अन्तिममा ४५ हजार रुपैयाँ प्रहरीले लिएका हुन् ।
प्रहरी चौकी आएपछि ती प्रहरीले घूस लिएको खुलासा भएको थियो । “उनीहरुले आचरण विपरीत प्रहरी संगठनको मर्दनमा आँच आउने काम गरेकोले ६ महिनाको लागी निलम्बिन गरिएको छ,” जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र केसीले भने ।

Leave a comment

Your email address will not be published.


*