20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

केपी ओली अब फिलिममा हिरोः कति लिदैछन् पारिश्रमिक ?

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     3:18:30 PM  | 147 पटक पढिएको   |  

काठमाडौं: नेपाली राजनीतिमा प्रायः सबैलाई उखान टुक्का मार्फत व्यंग्य हान्न खप्पीस नेता हुन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।  कडा विचार र स्पष्ट धारणाबाट विपक्षीलाई हायल, कायल गर्ने  नेता ओली अब फरक काममा लाग्ने भएका छन् ।

नेता ओलीले नर्माण हुन लागेको चलचित्र रातो सूर्यमा नायकको भूमिका निर्वाह गर्ने भएका हुन् । दीपेन्द्रप्रसाद दाहालको निर्देशनमा बन्न लागेको चलचित्र रातो सूर्यमा केपीको अभिनय देख्न पाइने छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा एमालेका नेता कार्यकर्ताले जानकारी दिएका हुन् ।

चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको उमेरसम्मको कुरालाई समेटिनेछ । अर्थात यो केपी ओलीकै बायोपिक हो  । आफ्नै बायोपिकमा नायक बन्न लागेका ओलीले चलचित्रमा काम गरेको पारिश्रमिक पनि लिने छन् । ओलीले पारिश्रमिकसहित खेल्ने यो चलचित्रको सुटिङ १० दिनसम्म काठमाडौंमा हुनेछ ।

ओलीले कति पारिश्रमिक लिने भन्ने बारे भने खुलाइएको छैन । ओलीको १६ देखि ४५ वर्षसम्मको भूमिकामा कलाकार अनुपम शर्माले अभिनय गर्ने छन् ।

साभारः उज्यालो अनलाइन

Leave a comment

Your email address will not be published.


*