22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

पूर्व बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न 

        जनक सिंह   |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     2:57:52 PM  | 113 पटक पढिएको   |  

जाजरकोटः जिल्ला विकास समितिको कार्यालय जाजरकोटको आयोजनामा आर्थिक वर्ष २०७४/७५ को पूर्व वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

बुधबार जिल्ला विकास समितको सभाहल खलंगामा आयोजित गोष्ठीले आर्थिक वर्ष २०७४/७५ का लागि विषयगत सरकारी निकाय तथा गैरसरकारी संघसंस्था मार्फत जाजरकोटमा २ अर्ब ६७ करोड १८ लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये जिल्ला विकास समितिको नेपाल सरकार अनुदान मार्फत ७ करोड ९३  लाख रकम प्रस्ताव गरिएको छ । जिविस आयोजना अन्तर्गत १ करोड ५ लाख ४८ हजार प्रस्ताव गरिएको छ ।

विषयगत कार्यालय अन्तरगत १ अर्ब ३५ करोड ९६ लाख रकम प्रस्ताव गरिएको छ भने बाँकी बजेट जिल्ला स्थित १६ वटा गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रमका लागि प्रस्ताव गरेका हुन् ।

जिल्ला विकास समितिले स्थानिय स्वायत्त शासन एेन, २०५५ को दफा १९५ बमोजिम आर्थिक वर्ष २०७४/७५ का लागि जिल्ला स्तरीय बजेट तथा कार्यक्रम गर्न साविककै गाउा विकास समितिहरूको लागि बजेट सीमा तोक्दै ३५ बुदें मार्गदर्शन समेत सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोग तथा मन्त्रालयबाट अगामी आ.व.को लागि जिविसको बजेट सिलिंग र मार्गदर्शन प्राप्त भएको तर विषयगत कार्यालयको आगामी आ.व.को बजेट सिलिंग तथा मार्गदर्शन प्राप्त नभएको बताइएको छ ।

प्रत्येक वर्ष जिल्ला परिषद् मार्फत विभिन्न योजनाहरु तय गरिए पनि कतिपय योजनाहरु निर्माण नै नहुने र कतिपय योजनाहरु जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले बताउनु भयो ।

त्यस्तै योजनाहरु अधुरा र अपुरा हुने गरेको शाहको भनाई छ । त्यस्तै योजना तर्जुमा सहभागी भैसकेपछि प्रतिक्रिया दिदै पत्रकार महासंघका अध्यक्ष जनक केसीले योजनाहरु जति निर्माण गरिए पनि जनतामुखी नभएको धारणा राख्नुभयो । पार्टी र नेता विशेषको ईच्छा र दबाबमा योजनाहरु तय हुने भएकाले विकासमा जनसहभागिता नरहेको उहाँले बताउनुभयो ।

गोष्ठीमा जिल्ला स्थित सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, सुरक्षा प्रमुख, वृद्धिजीवी, समाजसेवी तथा पत्रकारसमेतको उपस्थिति रहेको थियो ।

अद्यावधिकः २०७३ मंसीर ३० बिहान ८.१७

Leave a comment

Your email address will not be published.


*