20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

अर्थतन्त्र बलियो बनाउन पुँजी एकिकृत गर्नुपर्छः डा. कार्की

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     2:47:35 PM  | 100 पटक पढिएको   |  

जाजरकोटः छरिएर रहेको पुँजीलाई एकिकृत गरि उद्योग धन्दामा लगानी गरे देशको अर्थतन्त्र वलियो हुने नेपाल धितोपत्र वोर्डका कार्यकारी अध्यक्ष डा. रेवत वहादुर कार्कीले  वताएका छन् । उद्योगीलाइ पुँजी उपलब्ध गराउने र लगानीकर्तालाई  लगानीको उपयुक्त अवसर  उपलब्ध गराए मात्र देश आर्थिक रुपमा समृद्धीको दिशातर्फ उन्मुख हुने  उनले वताए ।

नेपाल धितो पत्र वोर्ड र जाजरकोट उद्योग वाणिज्य संघले संयुक्त आयोजना गरेको पुँजी वजार जनचेतना अभिवृद्धी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लगानीकर्तालाई पुँजी वजार प्रति जानकार  गराउनुपर्ने धारणा राखे ।

dhito-1

यसो भएको अवस्थामा मात्रै लगानीको संकलन तथा सेयर निस्कासन हुने र पुँजीबजार प्रति आकर्षण वढने उनको बिचार थियो। लगानीकर्ताको हित, पुँजी वजारको नियमन, पुँजी वजारमा संलग्न संस्था तथा निकायहरुको ब्यावसायिकता संस्थागत सुशासन अभिवृद्धीका लागि नेपालमा धितोपत्र वोर्डले प्रभावकारी कार्यक्रम संचालन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विकसित पुजी वजारलाई दिगोरुपमा आर्थिक वृद्धि गर्न सघाउ पुर्याउने भएकोले छरिएर रहेको पुजीलाई एकिकृत गरि परिचालन गर्नु पर्ने वताए । पुँजी वजारलाई सवैको पहुँचमा लिन सके सेयर खरिद विक्रीमा  सजिलो हुने प्रजिअ गौतमले विश्वास व्यक्त गरे ।

 

Leave a comment

Your email address will not be published.


*