18 October 2017|   बुधबार, कार्तिक १, २०७४

‘हाइड्रो मोडेल नमुना जिल्ला’ बन्दै लमजुङ

          |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     4:54:49 AM  | 118 पटक पढिएको   |  

लमजुङः लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ ।

पाँचाै लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत् सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको हो । कार्यशाला गोष्ठीको पूर्वतयारी बैठक बसी जिल्लालाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणाको पहल गर्ने निर्णय गरिएको हो । बैठकमा सहभागी सांसद्, नेता, प्रशासक तथा अन्य सरोकारवालाले जिल्लालाई हाइड्रो मोडल जिल्ला घोषणाका लागि सरकारसँग विशेष पहल गर्ने सुझाव दिएका थिए ।

पर्याप्त जलविद्युत्को सम्भावना रहेको जिल्लामा पछिल्लो समय लगानीमैत्री वातावरण सृजना भएको भन्दै हाइड्रो मोडेल नमुना जिल्ला बनाउन आवश्यक पहल गर्ने निर्णय भएको हो ।

Leave a comment

Your email address will not be published.


*