20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

शिक्षा ऐनको संशोधित मस्यौदा अर्थमन्त्रालयमा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     4:48:41 AM  | 103 पटक पढिएको   |  

शिक्षा ऐन संशोधन भएको एक बर्ष पछि शिक्षा नियमावली अर्थ मन्त्रालयमा पुगेको छ । संशोधित ऐन अनुसार २७ अर्व रुपैयाँ अतिरिक्त खर्च लाग्ने भएकाले अर्थ मन्त्रालयमा सुझावको लागि पठाइएको हो ।

शिक्षा ऐनको संशोधित मस्यौदाको लागि तस्बिर परिणाम
काठमाण्डौमा शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षा मन्त्रालयबाट नियमावली तयार गरि सुझावको लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी दिनुभयो । उहाँले सरोकारवाल पक्षहरुले निजी स्वार्थको कारण नियमावली अवरोध गर्न खोजेपनि १५ दिन भित्र नियमावली मन्त्रिपरिषदमा पुग्ने स्पष्ट पार्नुभयो ।
उच्च माध्यामिक शिक्षा परिषद हिसानका अध्यक्ष रमेश शिलवालले सरोकारवाला निकायहरुमा शिक्षा नियमावलीको प्रत्यक्ष प्रभाव पर्ने भएकाले नियमावलीलाई छलफल र संवादमा ल्याई अधिकतम समावेशी बनाउनु पर्ने बताउनुभयो ।
शिक्षा नियमावली मस्यौदा समितिले निजी क्षेत्रलाई किनारा लगाउन खोजेको एन प्याबसनका अध्यक्ष कर्ण बहादुर शाहीको गुनासो छ । नेपाल शिक्षक महासंघका अध्यक्ष तिलक पौडेलले मस्यौदा समितिले शिक्षकहरुको बिषयमा गैरेजिम्मेवारीपन देखाएको आरोप लगाउनुभयो ।

Leave a comment

Your email address will not be published.


*