20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

संशोधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले संसद् चल्न नदिने

          |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     4:28:56 PM  | 131 पटक पढिएको   |  

काठमाडौं: एमालेसहितका प्रतिपक्षी दलले व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयक फिर्ता नभएसम्म संसद्को अवरोध कायम राख्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको प्रतिपक्षी दलका सांसदको बैठकले संशोधन प्रस्ताव फिर्ता नभएसम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो ।

संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म एमालेले संसद् चल्न नदिने

फाइल तस्बिर

बैठकपछि  कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘संसद्मा दर्ता भएको संविधान संशोधन फिर्ता नभएसम्म संसद्मा हाम्रो अवरोध निरन्तर रहने निर्णय भएको छ ।’

बैठकमा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, मधेशी समाता पार्टीलगायत आठ दल सहभागी थिए । बैठकले सरकारले संविधान संशोधन विधेयक फिर्ता गरेर स्थानीय निर्वाचनसँग सम्बन्धी विधेयक संसदमा दर्ता गरे संसद् चल्न दिने निर्णय समेत गरेको केसीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् –

सहमतिको रोडम्याप खोज्दै प्रमुख दल, राजनीतिको गाँठो यसरी फुकाइदैछ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले व्यस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

साभारः अन्नपूर्ण पोस्ट

Leave a comment

Your email address will not be published.


*